इनरुवा । सुनसरीका किसानहरुले सुनसरी मोरगं सिंचाई योजनाको नहरमा पानी दिन माग गरेका छन् । सुनसरी मोरगं सिंचाई आयोजनाको पानी किसानको खेतसम्म पुर्याउनका लागि किसानले माग गरेका हुन् । हरिपुर शाखा, सिशुवा धर्मपुर शाखा, शंकरपुर शाखा, सितागञ्ज शाखा, अमडुवा शाखा नहर सहितका नहरमा पानी नदिएकाले किसान आक्रोसित बनेका छन् । सिंचाई योजनाका कर्मचारी र जलउपभोक्ता सहितको लापर्वाही कारणले सिजनमा नै पानी रोकेकाले सञ्चालनको माग गरिएको छ ।
मकैं, गहुँ र केरा तथा तरकारी किसानले वर्षा नभएको र नहरमा पानी सुकेकाले किसानहरू समस्यामा परेको भन्दै आक्रोस पोखेका हुन् । काम नभएको बेला र अफ सिजनामा आफैँ नहरमा पानी प्रयाप्त पानी दिएर किसानलाई असर पारेको र अहिले सिजनमा नहरमा पानी नदिदाँ सिंचाई आयोजनामा ध्यानाकर्षण गराउदै आन्दोलनको चेतावनी दिएका छन् । इनरुवा नगरपालिका ९ का किसान श्याम यादवले आयोजना र समितिसँग कुरा राख्दा नहर सरसफाई गरी बिग्रेर भत्किएको ठाउँमा मर्मत गर्ने , विकासको काममा दुई महिना लाग्ने भएकाले थप आक्रोषित बनेको बताए । नहरमा पानी पुर्याइदिन माग गरेका हुन । नहरमा पानी नआउँदा मकैं बाली सुक्न थालेको भन्दै किसानले गुनासो गरेका छन् ।
यता जल उपभोक्ता महासंघका अध्यक्ष रामप्रसाद मेहताले नहरको मुल ठाउँमा सरसफाई गर्ने र बिग्रेर भत्किएको ठाउँमा मर्मत गर्ने, सडक बाटो विकासको काममा असर पार्ने भएकाले पानी बन्द गरिएको बताए ।
Discussion about this post