इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले चैत्र १५ गते सार्वजानिक बिदा दिएको छ ।
भोक्राहा नरसिंह गाउँपालिकाको मिति २०७७ साल चैत्र १३ गतेको कार्यपालिकाको निर्णय अनुसार आइतबार होली विदा दिएको गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष यादवले स्थानीय बिदा सम्बन्धी सूचना जारी गर्दै भोक्राहा नरसिंह गाउँपालिका मातहतका कार्यालयहरु , शिक्षण संस्थाहरुमा स्थानीय बिदा दिएको बताए ।
यता इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिल्लीराज निरौलाले सूचना प्रकाशित गरी चैत्र १५ गते आइतबार स्थानीय बिदा दिएको हो ।
एसईईमा उत्कृष्ट विद्यार्थीहरू भव्य समारोहका बीच सम्मानित
रन्धिर यादव/ इनरुवा । शैक्षिक उत्कृष्टता कुनै पनि राष्ट्रको उज्ज्वल भविष्य निर्माण गर्ने आधारशिला हो भन्ने धारणा राख्दै, भोक्राहा नरसिंह...
Discussion about this post