इनरुवा । सुनसरी सदरमुकाम इनरुवा नगरपालिकामा नेकपा एमालेको आयोजना होली विशेष कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा एमाले इनरुवा नगर कमिटीको आयोजनामा होली विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।
पार्टीका इनरुवा नगर अध्यक्ष विदुर सुवेदीको अध्यक्षतामा सम्पन्न भएको होली विशेष कार्यक्रमका प्रमुख अथिती ऐमालेका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष रेवतीरमण भण्डालीले पार्टीमा गुट उपगुट नभई एकजुटको आवश्यकता रहेको बताए ।
भण्डालीले देश र जनताको पक्षमा काम गर्ने एक मात्र पार्टी एमाले भएकाले यस बीचमा भएको विवाद र असझदारीहरुलाई विर्सेर पार्टी एकताको लागि नेताहरु मिल्नुको विकप्ल नरहेको बताए ।
उनले पार्टीको विद्यान विपरीत कोही कसैलाई काम गर्ने अधिकार नभएकाले पार्टीको समानान्तर कमिटी गठन गर्ने र समानान्तर गतिविधि गरे कारवाही समेत गर्ने चेतावनी दिए ।
भण्डारीले एमाले पार्टीको कुशल नेतृत्व गर्ने नेता नै केपी शर्मा ओली भएकाले एमाले भित्रको एकता र सुदृढीकरण आवश्यक रहेको बताए ।
कहिले नेकपा एमालेलाई जनताले विश्वास गरेकाले त्यसमा धोका दिने र विश्वास गर्ने कोही पनि नेतालाई छुट नहुने चेतावनी दिए ।
कार्यक्रममा अर्का केन्द्रिय सदस्य सरोज पोखरेलले होली पर्वले गुटगत राजनीति गर्ने पात्रहरुलाई एकता , सद्धभाव र सहकार्यको भावना पलाऔस् भनेर शुभकामना दिएका थिए ।
उनले पार्टीमा विराएर अरु तिर लागेका नेता कार्यक्रर्ताहरुलाई आफ्नै पार्टीमा फर्किन अपील समेत गरे ।
कार्यक्रममा केन्द्रिय सदस्य रमेश श्रेष्ठले एमाले पार्टी सुनसरीको चार ओटै संघिय प्रतिनिधिसभा सदस्य , आठ ओटा प्रदेश सभासदस्य र १२ वटै स्थानीय तह जित्ने दाबी गरे ।
उनले संघ देखी स्थानीय तह सम्म अगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने १ नं. पार्टी समेत बन्ने जिकिर गरे ।
कार्यक्रममा कानुन अधिकारी, मिरा दाहाल, इनरुवा ३ का वडाध्यक्ष कालुराम गुरुङ्ग , रामधुनी ८ का वडाध्यक्ष रुद्रबाहादुर बस्नेत , इनरुवा १० का वडाध्यक्ष सुलतान मिँया , एमालेका जिल्ला सचिव परशुराम यादव , कार्यालय सचिव राम कोइराला लगायतका नेताहरुको उपस्थीति रहेको थियो ।
त्यसैगरी शुभकामना आदान प्रदान र होली विशेष कार्यक्रममा पार्टीका हरिनारायण चौधरी, सकुन्तला भण्डारी, भागुलाल श्रेष्ठ , सागर तिम्लिसिना , माधव प्रसाद पोखरेल ,दात्ताराम पोखरेल , राम पोखरेल , डिसी चौधरी , राम कोइराला , दिल कुमारी बस्नेत , इन्दिरा पराजुली , सविना सिग्देल , मनु चापागाँई , सरिता कार्की घिमिरे , लात्ता भट्टराई , राधा सुवेदी पोखरेल , राजन निरौला ,अमर काफ्ले , जानुका पोखरेल लगायतका सय भन्दा बढी नेता कार्यकर्ताहरुले एक आपसमा अविर सटासाट गरेका थिए ।
त्यसैगरी बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनाल, प्रदेश सभा सदस्य निलम बस्नेत , नेता अजय कुसियैत लगायतका नेताहरुको समेत उपस्थिती रहेको थियो ।
कार्यक्रम सञ्चालन पार्टीका इनरुवा नगर सचिव मेघराज न्यौपानेले गरेका थिए ।
Discussion about this post