इनरुवा । सुनसरीको हरीनगर गाउँपालिका वार्ड नं. ४ का १७ वर्षिय बालक सुभेष कुमार मेहतालाई कुटपीट गर्ने र यातना दिने शिक्षक रधुनाथ मेहतालाई कारवाहीको माग गरेका छन् ।
अभिभावक रामदेव मेहताले शिक्षक मेहतालाई विद्यार्थी माथी यातना र कुटपीटको आरोपमा कारवाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन् ।
शिक्षक रधुनाथ मेहताले चैत्र १३ गते हरिनगर माध्यमिक विद्यालयको प्राविधिक धार तर्फको कक्षा १२ मा अध्ययनरत्त बालक सुवेष मेहतालाई पाइपले कुटेर घाइते बनाएको भन्दैँ कारवाही गर्नुपर्ने माग गरेका हुन् ।
शिक्षक मेहताले बालकलाई पाइपले कुट्दा टाउँकोमा टाका लगाएको छ भने हातमा निलडाम परेको छ ।
यता शिक्षक मेहताले होलीको बाहनामा झयाल फोडेर निस्किन खोज्दा चोट लागेको र आफुले नपिटेको दाबी गरेका छन् ।
Discussion about this post