इनरुवा । सुनसरी सदरमुकाम इनरुवा नगरपालिका वडा नं. ६ मा उपभोक्तालाई ठगी गरेको आरोप बाहिर आएको छ ।
वडाध्यक्ष कोषराज अधिकारीको निर्देशनमा उपभोक्ता तथा सेवाग्राहीसँग बिल भन्दा पाँच गुणा बढी पैसा लिएर ठगी गरेको गुनासो बाहिर आएको हो ।
वडामा सेवा लिन गएका सेवाग्राहीलाई दुई सय पचासको रसिद दिएर १५ सय रुपैँया र ३ सयको रसिद दिएर ३ हजार रुपैँया लिएपछि ठगीको रह्ष्य बाहिर आएको हो ।
वडा कार्यालयले नागरिक वडापत्रको चाट देखाएर धेरैँ पैसा माग्ने र अलिकति कम दिएपछि विविध शिर्षकमा २ सय ५० रुपैँयाको रसिद काटेर १५ सय रुपैँया लिने गरेको सेवाग्राहीहरुले बताएका छन् ।
गत आर्थिक वर्ष २ सय ५० रुपैँयाको रसिद दिएर इनरुवा ६ मधेशाका सदान्नद यादवसँग १५ सय रुपैँया लिएको र त्यसपछि अन्य सेवाग्राीबाट समेत रसिद भन्दा कयौँ गुणा बढी रकम दिने कामलाई निरन्तरता दिएपछि सवाग्राहीहरु आक्रोशित बनेका छन् ।
रकम बुझिलिनेको नाममा दुर्गा कार्की नाम रहेको रसिदमा साधारण विविध शिर्षकको आम्दानी संकेत नं. २ को १.३३.१४ मा २ सय पचास रुपैँया बुझेको लेखिएपनि आफुसँग १५ सय रुपैँया लिएको यादवको भनाई रहेको छ ।
त्यसैगरी बविता यादवले समेत आफुसँग ६ सय २५ रुपैँयाको बिल दिएर ३ हजार रुपैँया लिएको दाबी गरेकी छिन् ।
वडाध्यक्षले रसिद भन्दा बढी रकम कोही कसैबाट नलिएको र आफुलाई बदनाम गर्न खाजेको दावी गरेका छन् ।
Discussion about this post