सुरेन्द्र मेहता – भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड न २ मा मकै साइलेज मैसिनको उद्घाटन भएको भएको छ ।
मकै साइलेज मैसिनको उद्घाटन भोक्राहा नरसिंह गाउँपालिकामा भएपछि भोक्राहा नरसिंह गाउँवासी सगैँ भोक्राहा नरसिंह गाउँपालिकाकी कृषि शाखा प्रमुख रेनुका चौधरी पनि किसानसगैँ खुसी भएकी छिन् ।
भोक्राहा नरसिंह गाउँपालिकाकी कृषि शाखा प्रमुख रेनुकाको भनाई अनुसार गाउँमै किसानहरुले उत्पादन गरेको मकैको बोट खरिद गरी दाना बनाउने मेसिनको उद्धघाटन भएपछि अब किसानहरुलाई राहत हुने भएको बताइन् ।
उनले भनिन् किसानले गरेको मेहनत अनुसारको उपलब्धी मकै किसानले नपाएपछि अबका दिनमा कोही किसान निराश नहुने बताइन् ।
भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. २ र वार्ड नं. ७ मा एक साथ मकैँको बोटबाट दाना बनाउने साइलेज मैसिनबाट पशु आहार उत्पादन हुने गरेको स्थानीय पुनितलाल मेहताले जानकारी दिए ।
उनको जानकारी अनुसार मकैँको बोट बाट बनाएको दाना पश्चिम नेपालको विभिन्न ठाउँमा रहेको गाई फर्म, भैँसी फर्म, बाख्रा फर्म लगायतको फर्महरुमा माग बढेको बताए ।
यता किसानहरुले लगाएको ६५ दिन देखि माथिको मकैको बोटलाई पुरै जरा देखिनै काटेर साइलेज मैसिनमा द्वारा सानो सानो अकारको पशु आहार निकालने गरेको कोलबटे कृषि फर्मका संचालक सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।
कृषि फर्मका संचालक श्रेष्ठले किसानहरुले उत्पादन गरेको मकै प्रती के.जी. २ रुपैया ५६ पैसाका दरले किन्ने गरेको बताए ।
Discussion about this post