• pradeshpoint
  • Pradeshpoint
Tuesday, January 13, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

सीमा नाकाहुँदै गाँजा तस्करी

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७७ चैत्र २४ गते, २०:१६ बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, कला पाना, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
सीमा नाकाहुँदै गाँजा तस्करी
39
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीमा बर्दीधारी प्रहरीहरुले रोकथाम तथा नियन्त्रण गर्न लागिपरेको बताइरँहदा पनि विभिन्न सीमा नाकाहुँदै गाँजा तस्करी अझैँ रोकिएको छैन । पहाडी जिल्लाबाट ल्याइने गाँजा रातिको समयमा जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रहुँदै भारततर्फ कटाउने गरिएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको उपस्थिति रहेपनि तस्करहरुले उनीहरूलाई छल्दै गाँजा तस्करी गराउदै आएका छन् ।

माघ २२ गते मध्यरातको समयमा को १ च ९८५२ नम्बरको स्कारपियोबाट सुनसरी प्रहरीले दुईसय ५० केजी गाँजासहित दुईजनालाई नियन्त्रणमा लिएको थियो ।

सुनसरी प्रहरी श्रोतका अनुसार कोशी नदिको फाइदा उठाउदै धनकुटा, भोजपुर,उदयपुरलगायत जिल्लाबाट भारततर्फ गाजा तस्कर हुने गरेको छ । कोशी नदिमा चल्ने डुङ्गा र बाँस कारोबार गर्नेहरूले पहाडी जिल्लाबाट सुनसरी गाँजा भित्र्याउने र सुनसरीहुँदै ती गाँजा भारततर्फ तस्करी गर्ने गरिएको श्रोत बताउँछ । पछिल्लो समय गाजा तस्करी गराउने “ट्रान्जिट पोइन्ट“ कोशी नदि बनेको श्रोतको दाबी छ ।

सुनसरी प्रहरीको चुनौती थपिदै

नेपाल–भारत खुल्ला सीमाका कारण लागूऔषध र गाजा कारोबारले सुनसरी प्रहरीलाई सुरक्षा चुनौती थपिँदै गएको छ । भारतसंगको खुल्ला सीमाको फाईदा उठाएर लागूऔषध र गाजाको कारोबार बढ्दै गएकोले यस्ता कारोबार रोक्न सुनसरी प्रहरीलाई चुनौति थपिएको हो ।

ठूलो परिणाममा लागूऔषध र गाजाको कारोवारी पक्राउ पर्न थालेपछि सुनसरीमा खुल्ला सीमाको फाईदा उठाएर यस्ता कारोवार भईरहेको पाइएको हो ।खासगरी सुनसरीको सीमावर्ती क्षेत्रहरुमा लागूऔषधको कारोवार बढेको पाइन्छ । सुनसरीको सीमावर्ती क्षेत्र लौकही, भण्टावारी,घुस्की कप्तानगंज,लाही,श्रीपुर सहितका नाका प्रयोग गरी दिनहुँ दर्जनौं नेपाली युवाहरु भारतीय बजारहरुमा गएर लागू औषधको सेवन गर्ने र लागूऔषधको कारोबार गर्ने गरेका छन् । सीमावर्ती क्षेत्रका विभिन्न सीमा नाका हुँदा लागू औषधकर्ताको संख्या बढेकोले भारतीय सीमा सुरक्षा बल एसएसबीले समेत चेकजाँचमा थप कडाई गरेको छ ।

नेपाली युवाहरु भारतको भीमनगर ,वीरपूर,फुलकहा लगायतका बजारमा गएर दिनहुँ लागूऔषध सेवन गर्ने र चेकजाँचमा पक्राउ पर्नेहरुलाई एसएसबीले नियन्त्रणमा लिई घण्टौपछि मात्र छाडने गरेका छन् । सुनसरीको सीमावर्ती क्षेत्रहरुमा पछिल्लो समयमा प्रहरीले चेकजाँचमा कडाई गरेपछि भने खुल्ला सीमाको फाईदा उठाएर लागूऔषध र गाँजाको कारोवार गर्ने कारोवारीहरु धमाधम पक्राउ पर्न थालेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको कडा सुरक्षा निगरानीका बीच पनि लागु औषध र गाँजाको कारोवार रोकिएको भने छैन । सुनसरी प्रहरीले दिएको तथ्यांकअनुसार चालु आर्थिक वर्षको हालसम्म जिल्लाको विभिन्न स्थानबाट तीनसय केजीबढी गाजा बरामद भएको छ भने २२ मुद्दामा २७ जना व्यक्ति पक्राउ परेका छन् । जबकि अघिल्लो आर्थिक वर्ष २०७६-०७७ मा चारसय केजी ५४० ग्राम गाजा बरामद भएको थियो भने १५ वटा मुद्दामा २० जना व्यक्ति पक्राउ परेका थिए ।यता सुनसरी प्रहरीका प्रमुख एसपी कमल थापाले लागूऔषध र गाजा कारोवार रोक्नका लागि सक्रिय भएर लागेको बताउँछन् । खुल्ला सीमाको फाईदा उठाएर गैरकानुनी रूपमा लागूऔषध कारोवार गरिएपनि यस्ता कारोबार रोक्न नेपाल प्रहरी लागिपरेको उनको भनाइ छ । लागूऔषध, हातहतियार, चोरीपैठारी, राजस्व छली जस्ता गैरकानुनी कारोबार सुनसरीमा पछिल्लो समयमा उल्लेख्य रुपमा कमि आएको एसपी थापाको दाबी छ ।

Tags: गाँजा तस्करीनाकाहुँदैसीमा

Related Posts

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै
FEATURE

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस २९ गते, १३:२१ बजे प्रकाशित
0

सुनसरी । पुस २९ आउनासाथ पूर्वी तराईको हावामा एउटा छुट्टै सांस्कृतिक स्वाद मिसिन्छ । राजवंशी समुदाय तथा यस क्षेत्रका आदिवासी...

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते
FEATURE

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस २९ गते, १२:१० बजे प्रकाशित
0

सुनसरी । सोलुखुम्बु जिल्लाको माप्य दूधकोशी गाउँपालिका–६ घुरुन्दु नयाँपानीस्थित भित्री सडक खण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ...

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

२०८२ पुस २४ गते, १२:३१ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित
विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

२०८२ पुस २३ गते, १२:५५ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

२०८२ पुस २२ गते, १४:१७ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

२०८२ पुस २९ गते, १३:२१ बजे प्रकाशित
सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

२०८२ पुस २९ गते, १२:१० बजे प्रकाशित
सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

२०८२ पुस २४ गते, १२:३१ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित
विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

२०८२ पुस २३ गते, १२:५५ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

२०८२ पुस २२ गते, १४:१७ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1393 shares
    Share 557 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    765 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist