इनरुवा । सुनसरी सदरमुकाम इनरुवा नगरपालिकालाई मुख्य कार्य क्षेत्र बनाई पत्रकारीतामा सकृय रहेका पत्रकारहरुलाई इनरुवा नगरपालिकाले सम्मान गरेको छ ।
नेपाल पत्रकार महासंघको हालसालै समपन्न निर्वाचनमा जित हात पारेका इनरुवाका पत्रकारहरुलाई नगरपालिकाको कार्यालयले सम्मान गरेको हो ।
इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहता र प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौलाले नव निर्वाचित्त पत्रकारहरुलाई एक कार्यक्रमको बीच सम्मान गरेका छन् ।
नगर प्रमुख मेहता र प्रमुख प्रशासकीय अधिकृत निरौलाले इनरुवाका पत्रकारहरुले पत्रकारहरुको छाता संग्ठन नेपाल पत्रकार महासंघको चुनावमा केन्द्र, प्रदेश र जिल्ला तर्फ जित हात पार्ने पत्रकारहरुलाई खादा, डायरी र पेन हस्तान्तरण गरी अबिर लगाएर सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा केन्द्रिय सदस्य तर्फ निर्वाचित इकवाल अहमदका साथै प्रदेश सदस्य प्रमोद यादव, जिल्ला कोषाध्यक्ष अजित झा रहेका छन् ।
त्यसैगरी नेपाल पत्रकार महासंघको जिल्ला सदस्यहरुमा निर्वाचित हुने दिपेन्द्र यादव, निश्चल शर्मा , विरेन्द्र साह र मिकाइल आलमलाई सम्मान गरिएको छ । भने कार्यक्रममा निर्वाचित हुने संघिय परिषद सदस्य तथा प्रदेश परिषद सदस्यहरु धिरेन्द्र चौधरी, पिएमणि भट्टराई, सुकदेव चौधरी, अनवर हुसेन, चन्दन गुप्तालाई सम्मान गरेका छन् ।,
निर्वाचित विभिन्न पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिंदै नगर प्रमुख मेहताले पत्रकारिताको बिकासमा मिलेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।
Discussion about this post