इटहरी । इटहरी १९ को तरुण दल अध्यक्षमा मदन पुरीले जिम्मेवारी पाएका छन । तरुण दल इटहरी १९ का अध्यक्ष दिपक पुरीलाई जिल्ला सदस्यमा मनोनित गरे पछि त्यस वडाको कार्यवहाक मदनलाई दिएको हो ।
त्यस्तै उपाध्यक्षद्धयमा उमेश भुजेल र पेसल खड्कालाई मनोनित गरिएको छ । सचिवमा नवराज पुरी र सह सचिवमा सुवास भुजेल मनोनित भए । कोषाध्यक्षमा पुष्पबहादुर कार्की सह कोषाध्यक्षमा विपिन बस्नेत छन ।
तरुण दललाई थप वलियो बनाउँदै लौजान वडास्तर सम्म संगठन विस्तारमा ध्यान दिएको तरुणदल सभापति सिजन गुरुङले जनाए । युवाहरुलाई नकरात्मक गतिविधि गर्न नदिन सामाजिक र राजनीतिक कार्यमा उत्साहित गराउँदै लौजाने गुरुङको भनाई थियो ।
र्यक्रममा नेपाली काँग्रेस सुनसरीका सह सचिव नगेशचन्द्र राई,नगरसभापति हेमकर्ण पौडेल,वडा सभापति दुर्गा पौडेल संगठन विस्तार कार्यक्रममा तरुण दलको नगरसचिब वादल बराल,उपाध्यक्ष दानबहादुर राई लगायत थिए ।
Discussion about this post