• pradeshpoint
  • Pradeshpoint
Saturday, May 2, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

विराटनगरका अधिकांश घरका छानामा असिनाको प्वाल

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७८ बैशाख ७ गते, १६:५१ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
37
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । हावाहुरीसहित परेको असिना र पानीका कारण किसानको बालिमा क्षति भन्ने विषय हरेक वर्ष फागुन महिनादेखि जेठसम्म हुने घटना हुन् । ग्रामिण क्षेत्रका किसानको घर र बालिमा प्राकृतिक तथा मौसमी क्षतिका घटना यकिन गर्नै नसक्ने अवस्थाका हुने गरेका छन् ।
तर, गत बैशाख ३ गते बेलुका परेको हावाहुरीसहितको असिना र पानीले यस पटक भने विराटनगरका ठूला घरानामा नराम्रोसँग क्षति पु¥याएको छ । घरमै पार्किङ गरिएका सवारीदेखि पीभीसी जस्तापाता छाएका अधिकांश घरहरुमा असिनाको डोब मात्रै नभई प्वालै–प्वाल परेको हो ।
विराटनगरस्थित होटल एशियाटीकको मात्रै १६ लाख रुपैँया बराबरको क्षति भएको छ । होटल परिसरमा निर्माण गरिएको रेष्टु–राँको छानो रातो पीभीसी जस्तापाताले छाइएको थियो । बैशाख ३ गते आएको असिनाका कारण छिद्रा–छिद्रा भएको एशियाटीकका सञ्चालक पुण्य भट्टराईले जानकारी दिए ।
भट्टराईले सेवा निर्माण कम्पनि इटहरीमार्फत एसीए जस्तापाता प्रयोग गर्नु भएको थियो । चाइनाबाट आयात गरिएको यो जस्तापाता असिना प्रतिरोधी नहुँदा अहिले नयाँ जस्तापाता लगाउनु पर्ने अवस्था आएको हो । निर्माण सेवा कम्पनिका भुषण श्रेष्ठले आफ्नै प्रयोग प्रयोजनका लागि चाइनाबाट आयात गरिएको एसीए जस्तापाता भट्टराईको घरमा लगाई दिएको बताए ।
यसैगरी विराटनगर–४ निवासी व्यवसायी मेघराज सिग्देलको घरको छानामा समेत असिनाले प्वाल पारेको छ । सनराइज इडीभीसी भैरहवाको पीभीसी जस्तापाता छाउनु भएका सिग्देलको घरको छानामा असिनाले पारेको प्वालबाट घाम र जुन देन्न मिल्ने भएको बताए ।
विराटनगरका उद्योगी राजेन्द्र राउतको निवास परिसरमा बनाउनु भएको घरको छानो समेत छिद्राछिद्रा पारिदिएको छ । राउतको छाना प्वाल पर्दा ८ लाख बराबरको क्षति पुगेको हो । विराटनगरस्थित आधिकारिक डिलर अमन हार्डवेयरबाट खरिद गरेर अर्को हार्डवेयरले राउतलाई पीभीसी जस्तापाता बिक्री गरेको थियो ।
सनराइजका पूर्व क्षेत्र हेर्ने प्रतिनिधि सिर्जन आचार्यले बिनाजाली (नन् मेस) को जस्तापाता लगाएका अधिकांश घरहरुमा असिनाले क्षति पु¥याएको जानकारी दिए । भैरहवामा उद्योग स्थापना गरेर सनराइजले आफैं तीन प्रकारका पीभीसी जस्तापाता उत्पादन गर्दै आएको दावी गर्दै आचार्यले बिना जालीको जस्तापातामा कम्पनिको कुनै ग्यारेन्टी र वारेन्टी नभएको बताए ।
यो असिना प्रतिरोधात्मक उत्पादन थिएन, आचार्यले भने–कम असिना पर्ने तराईका जिल्लाहरुमा लगाउन उत्पादन गरिएको हो तर यसपटक कल्पना नै गर्न नसकिने क्षति भएको बताए । उत्पादनप्रति विश्वास जगाउन नयाँ जस्तापाता लगाउने योजना रहेकोले क्षति सर्भेक्षण भईरहेको उनले बताए । आचार्यका अनुसार ३० वटा घरमा पुग्दा सबैमा असिनाको प्वाल देखिएको छ ।

कम्पनिले बिनाजाली, एउटा मात्रै जाली र डबल जाली गरेर तीन प्रकारको उत्पादन गर्दै आएको बताइएको छ । यीमध्ये बिना जालीको तराई क्षेत्रमा, एउटा जालीका असिना कम पर्ने पहाडी क्षेत्रमा र डबल जालीको असिना जोखिम तथा हिउँ पर्ने क्षेत्रमा लगाउने गरिएको आचार्यको भनाई छ ।
बिनाजालीको जस्तापाता प्रयोगकर्तालाई कुनैपनि क्षतिपूर्ति नहुने भएपनि यस पटक कम्पनिले विशेष प्याकेजको रुपमा प्रतिस्थापन गरिदिने वा बढी मूल्य पर्ने सिंघल वा डबल जाली भएको जस्तापाता लगाईदिने अफर ग्राहकलाई दिइएको हो । यदि लगाएकै जस्तापाताले छानो छाउने भए सट्टा गरिदिने तर बलियो र दह्रो सिंघल वा डबल जाली भएको लगाउँदा पैसा थप्नुपर्ने शर्त कम्पनिले राखेको छ ।
आचार्यका अनुसार प्रिमियम उत्पादनको फिटिङ समेत कम्पनिको मापदण्ड गरिएको अवस्थामा २५ वर्षसम्मको वारेन्टी रहेको बताए ।
नेपालमै उत्पादन गरेर वा चाइनाबाट आयात गरेर नेपालको उत्पादनको रुपमा देखाउने कम्पनिहरु समेत रहेका कारण बैशाखको असिनाको शिकार धेरै उपभोक्ताहरु बनेका छन् । राम्रो देखिने कमसल सामान ल्याएर बिक्री वितरण गर्नेहरुमाथि राज्यले केहि न केहि सजाय गर्नुपर्ने सेवाग्राहीहरुको धारणा छ ।
प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालय परिसरमा निर्माण गरिएको नयाँ भवन समेत प्रयोग गर्ने अन्तिम तयारीमा पुगेपछि छानोमा प्वालै–प्वाल पारिदिएको छ । धेरै ठूलो रकममा कमसल भवन बनेको भन्दै त्यसको चौतर्फी टिकाटिप्पणी भईरहेको बेला असिनाले छानोमा प्वाल पारेपछि निर्माण प्रक्रिया बारे कानुनी प्रश्न समेत उब्जिएको छ ।

Tags: अधिकांश घरका छानामाअसिनाको प्वालविराटनगरका

Related Posts

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist