इनरुवा । सुनसरीको दक्षिणवर्ती क्षेत्रमा पर्ने देवानगंज गाउँपालिकाको सीमा नाकाबाट दैनिक लाखौको इन्धन तस्करी भइरहदाँ पनि प्रहरी प्रशासन मौन देखिएको छ । देवानगंज बजारमा रहेको पेट्रोल पम्पहरुबाट तेल तस्करी भइरहेको भन्दै विवेकसिल साझा पार्टीले केही दिन अगाडि जिल्ला प्रशासन कार्यलाय सुनसरीमा ज्ञापन पत्र बुझाएको थियो र सोही आधारलाई मध्य नजर गर्दै सुनसरीको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल र स्थानीय गाउँपालिका अध्यक्ष लालीप्रसाद मेहता तथा सुरक्षा निकायका प्रमुखहरुको छलफलमा स्थानीयहरु तेल खरिद गर्दा वडा कार्यलायको सिफारीस अनिवर्य लिनुपर्ने नियम बनाएको छ ।तर यो नियमले जनतालाई मात्र सास्ती भएको छ । किसानका लागि समस्या र तस्करका लागि अफर बनेको छ ।
देवानगंजवाट हुने तस्करी देवानगंजको पम्पबाट मात्र नभएर विराटनगर, इनरुवा लगायत अयन्त्रबाट तेल ल्यार देवानगंज नाकाबाट तस्करी भइरहेको देखिन्छ । पत्रकारहरुको स्थलगत रिर्पोटिंगका क्रममा सुनसरी सदरमुकाम इनरुवावाट म्याजिकमा पेट्रोल र डिजल लोड गरी देवानगंज वोर्डरसम्म लगेर भारत तिर तस्करी भइरहेको पाइएको छ । प्रत्येक दिन इनरुवावाट इन्धन खरिद गरी तस्करी भइरहेको भएपनि प्रहरी प्रशासन मौन रहेको देखिन्छ तर सास्ती भने देवानगंज गाउँपालिका किसानहरुलाई भइरहेको छ ।
सीमावर्ती क्षेत्रमा तैनाथ सीमा सुरक्षा बल र नेपाल प्रहरीका बर्दीधारी प्रहरीहरुको आखाँ अगाडीबाटै इन्धन तस्करी भएपनि प्रहरी नदेखे झैँ गरेको स्थानीयहरुले गुनासो गरेका छन् ।
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न
चिराैली । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न भएको छ। तालिम गाउँपालिकाको कृषि शाखाको आयोजनामा सञ्चालन...










Discussion about this post