इनरुवा । नेपाल प्रेस युनियन इनरुवा नगर कार्य समितिले इनरुवा नगरपालिकालाई कार्यक्षेत्र बनाई पत्रकारिता गर्दै आएका २५ जना पत्रकारलाई ब्याग र माक्स वितरण गरेको छ ।
आफू प्रेस युनियनको नगर सभापति भएपछी इनरुवाका पत्रकारलाई ब्याग वितरण गर्ने गरेको प्रतिवद्धता अनुसार बुधबार इनरुवामा एक कार्यक्रमको आयोजना गरी प्रेस युनियन इनरुवा नगरका सभापति टोमराज मेहताले यहाँका पत्रकारहरुलाई ब्याग र माक्स वितरण गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी इनरुवा नगरपालिकाका मेयर राजन मेहताले पछिल्लो समय कोरोना संक्रमितहुनेहरुको संख्या बढ्दै गएकोले आम नागरिक सचेत हुन आवश्यक रहेको बताएका छन् ।
Discussion about this post