सुरेन्द्र कुशवाहा ÷इनरुवा । सुनसरीको दक्षिणवर्ती क्षेत्रमा पर्ने देवानगञ्ज गाउँपालिकाका किसानहरुले गोलभेडाको उचित मुल्य नपाउँदा चिन्तित बनेका छन् ।
कोभिड १९ को दोश्रो लहर विश्वव्यापी रुपमा आक्रान्त बनाएको बेलामा नेपाल पनि अछुतो नरहेको बताउँदै देवानगञ्ज गाउँपालिका वार्ड नं. २ का किसान सुरेन्द्र मेहताले जानकारी दिए ।
स्थानीय मेहताका अनुसार कोभिड १९ को दोश्रो लहर सुरु भएपछि हामीलाई बालबच्चा पालन कठिन भएको छ ।
उनले भने यस बेलामा आफ्नै ५ कठ्ठा उत्पादन गरेको गोलभेडाले बजार भाउँ पाउन कठिन रहेको छ ।
बालबच्चाहरुलाई खान, लाउन् र पढाउने श्रोत तरकारी खेती नै रहेको कारण अहिलेको समयमा त्यो पनि अपुग हुने गरेको र तरकारी बेच्नु भन्दा बरु सितैमा गाउँमा बाड्नु पर्ने अवस्था सृजना भएको बताउँछन् ।
त्यस्तै अर्का किसान देवानगन्ज गाउँपालिका वार्ड नं. ४ का युवा चन्दन मेहताले ७ कठ्ठामा लगाएको टमाटर अहिले बेच्ने समयमा गोलभेडा (टमाटर)को बजार मुल्य नपाउँदा आफू निकै चिन्तित भएको बताउँछन् ।
आफुले गोलभेडा लगाउने सिजनमा निकै मेहनतका साथ उत्पादन गरे तर अहिले मेहनत अनुसारको प्रतिफल नपाएको कारण आफु मात्रै नभई सारा किसान दुखी रहेको बताउँछन् ।
अहिलेको समयमा प्रायः जसो सबै तरकारीको मुल्य राम्रो भएता पनि गोलभेडा (टमाटर)को मुल्य यति बेला राम्रो छैन् ।
गोलभेडा प्रती के.जी. ४ देखी ६ रुपैयाँ सम्म बजारमा बिक्ने गरेको किसान मेहताले बताए ।
युवा किसान मेहताका अनुसार अघिल्लो बर्ष पनि आफुले ४ कठ्ठा टमाटर खेती गरेको थिए ।
अघिल्लो बर्ष कोरोनाको कहरमा तरकारी बजार नलागेपछि तरकारी खेतमै कुहिएको तितो अनुभव हुँदा हुदैँ यसवर्ष तितो अनुभवलाई बिर्सेर यस वर्ष बजार लिन्छ की भनेर राम्रो मेहनतका साथ गोलभेडा खेती तिर आक्रशीत भएको बताए ।
अघिल्लो बर्ष आफूलाई गोलभेडा खेतीबाट घटा भएपछि यस बर्ष आफुले राम्रोसँग कडा मेहनतका साथ गोलभेडा राम्रोसँग फलाए पनी खेतीबाट राम्रो आमदानी लिने लक्ष्य राखे पनि बजारमा भाउँ नपाउँदा आफू दुई बर्ष देखी गोलभेडा खेती घटामा गएको बताए । उनी पनि गोलभेडाको बजार नपाउँदा चिन्तीत छिन् ।
Discussion about this post