मान बहादुर ठकुल्ला
टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ७ सत्ती स्थित सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समुहले प्रहरी र स्थानिय संचारकर्मीलाई स्वास्थ्य सामग्री बितरण गरेकाे छ । स्थानिय सामुदायिक वनले प्रहरी चाैकी सत्ती , प्रहरी चाैकी कालाकुण्डा , शसस्त्र प्रहरी बल श्रीलंका बिओपी, शसस्त्र प्रहरी बल खक्राैला बिओपी,शसस्त्र प्रहरी बल कालाकुण्डालाई स्वास्थ्य सामग्री अन्तर्गत सेनिटाईजर मास्क बितरण गरेका हुन ।प्रहरी संचारकर्मीले काेरानाका बेला अग्रपंक्तिमा रहेर काम गर्नु पर्ने जसका कारण उच्च जाेखिममा प्रहरी संचारकर्मी हुने भएकाले प्रहरी संचारकर्मीलाई समेत मास्क बितरण गरेकाे सामुदायिक वनका अध्यक्ष धन सिह साउदले बताए । सामुदायिक वनले प्रहरीलाई ३/३ पाकेट मास्क , १/१ लिटर सेनिटाईजर प्रदान गरिएकाे छ भने सिमा क्षेत्रमा काम गर्ने ३ जना संचारकर्मीलाई १/१ पाकेट मास्क र सेनिटाईजर प्रदान गरिएको सामुदायिक वनका काेषाध्यक्ष मनिराम ढुङ्गानाले बताए ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post