काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन विशेष अधिवेशन आह्वान गरेपछि नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको स्थायी कमिटीको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
२०७४ फागुन ३ गते एमाले नेतृत्वको सरकारलाई माओवादी केन्द्रले समर्थन दिएको थियो । सर्वोच्च अदालतको फैसला समर्थन फिर्ता लिने बताएपनि अविश्वासको प्रस्ताव दर्ता गर्ने भन्दै समर्थन फिर्ता लिएको थिएन् ।
माओवादीले समर्थन फिर्ता लिएसँगै एमले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार अल्पमतमा परेको छ ।
Discussion about this post