इनरुवा । राष्ट्रिय युवा संघ भोक्राहा नरसिंह गाउँ कमिटीका संयोजक रमेश कुमार यादवले शहरमा होइन गाउँ घर गएर माक्स वितरण गरेका छन् ।
कोरोना माहामारीबाट जोगिन सन्देश प्रवाह गर्दै साकेतिक रुपमा माक्स, सेनिटाइजर समेत वितरण गरेको छ ।
संयोजक यादवले ग्रामिण क्षेत्रमा नागरिकहरुलाई कोरोनाबाट बच्ने उपायको बारेमा जानकारी दिदैँ परिक्षण अभ्यास समेतका लागि सेनिटाइजर हातमा लगाएर र माक्स वितरण गरेर आफुपनि बचौँ अरुलाई पनि बचाउँ अभियान गरेको बताएका छन् ।
यादवले आफु स्काउटको समेत भोक्राहा नरसिंह गाउँ कमिटी प्रतिनिधि भएको र समाजसेवा समेत गर्दै आएकोले आफ्नो साम्थ्र्यले भ्याए सम्म केही सहयोग गरेको बताए ।
उनले भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ७ को हनुमान चौक माक्स विना अत्यावश्यक कामले हिड्ने युवा तथा महिलालाई रोकी माक्स वितरण गरेको हो ।
यादवले काली मन्दिर चौक, लकडाउन चौक, बजरंग चौक, मण्डल चौकमा गएर बाटोमा हिड्ने तथा केही व्यक्तिहरुको घर घरमा गएर करिव ३ हजार माक्स वितरण गरिएको स्थानीय प्रभु मण्डलले जानकारी दिए ।
सो माक्स वितरण कार्यक्रममा स्थानीय युवा चन्दन यादव, प्रहरी चौकी नरसिंहका इन्चार्ज प्रहरी नायव निरिक्षक नरायण निरौला, नेकपा एमाले सुनसरी जिल्ला सदस्य रमेशप्रसाद यादव, श्यमकुमार मण्डल लगायतको सहभागीता रहेको थियो ।
Discussion about this post