इनरुवा । सुनसरीको दुई पत्रकारलाई ज्यान मार्ने धम्की आएको छ । सामाचार लेखेको आरोप लगाउदै प्रदेश पाना र जनसतावदी दैनिकका सम्पादक दिपेन्द्र यादव र नागरिक अभियान डककमका पत्रकार विवेक मेहतालाई ज्यान मार्ने धम्की आएको हो । वैशाख २७ गते पत्रकार यादवलाई मोवाईल नम्बर ९८०२०९४३९३ बाट गाली गलौज सहित ज्यान मार्ने धम्की आएको छ भने मेहतालाई नागरिक अभियानको फेसबुक पेजको म्यासेन्जरमा समाचार किन लेखेको र डा.इसराईल मंसुरीको विरुद्धमा जाने हो जहाँ छस त्यही ज्यान मार्ने धम्की आएको हो । धम्की आएपनि दुवै पत्रकारले फेसबुकमा आफूहरु माथि धम्की आएको सार्वजनिक गर्नुभएको हो ।
पीडित पत्रकारहरुले घटनाको बारेमा प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई जानकारी गराएका छन् । प्रजिअ ढकालले धम्की दिनेलाई कार्वाही गर्ने र त्यसको बारेमा उजुरी लिएर आउन भनेका छन् । प्रजिअ ढकालले कोही पनि नागरिक वा पत्रकार लोकतन्त्रमा असुरक्षित नहुने र त्यसो गतिविधि गर्ने वा धम्की दिनलाई छुट नहुने प्रतिकृया दिनुभयो ।
Discussion about this post