देवानगंज । सुनसरीको देवानगञ्ज गाउँपालिका १ मध्यहर्षाहीको जनता माविमा विद्यालय व्यवस्थापन समिति गठन गुपचुप भएको गुनासो बाहिर आएको छ । विद्यालयका प्रधानाध्यापक राजकुमार मेहताले एकलौटी अभिभावकलाई समेत गुम्राहामा पारेर आफूखुसी विद्यालय व्यवस्थापन समिति गठनको चलखेल गरेको रहस्य बाहिर आएको हो । विद्यालयमा आफूखुसी गर्नका लागि गुपचुप समिति गठनको चलखेल गरेको आरोप बाहिर आएको बेला शिक्षकहरुले समेत आफूहरुलाई पनि थाहा नदिएको गुनासो गरेका छन् ।
एक अभिभावका अनुसार विद्यालयमा पाढ्यपुस्तक, छात्रवृति, शिक्षक नियुक्ती र सरुवा सहमतीसम्मको काममा आर्थिक चलखेल गर्नका लागि सहज हुने गरि आफू निकटलाई छानेको आरोप बाहिर आएको छ । प्रअ मेहताले भने यो विषयमा प्रतिकृया दिन पन्चिएको छ । सरकारले सामुदायिक विद्यालयमा राम्रोका लागि विद्यालय व्यवस्थापन समिति गठन गर्न भनिएकोमा यसलाई मागी खाने भाडो र कमाउ धन्दाको रुपमा लिनेहरुले गुपचुप समिति बनाउने उदारहणमा जनता मावि परेको स्थानीयले दावी गरेका छन् । शिक्षा ऐन र नियममावली अनुसार सामुदायिक विद्यालयको सञ्चालन, रेखदेख र व्यवस्थापन गर्न अभिभावकले आफूमध्येबाट छानी पठाएका दुई महिला सहित चार जना, सम्बन्धित वडा अध्यक्ष, संस्थापक, स्थानीय बद्धिजिवि चन्दादातामध्येबाट एक महिलासहित दुई जनासहित शिक्षक प्रतिनिधि र प्रधानाध्यापक रहेको व्यवस्थापन समिति गठन गर्नुपर्छ ।
व्यवस्थापन समितिको अध्यक्षमा अभिभावक प्रतिनिधि, वडा अध्यक्ष वा संस्थापक र चन्दादातामध्येबाट व्यवस्थापन समितिले छानेको व्यक्ति हुनुपर्छ । यसअघि अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुने गरेको थियो । नयाँ व्यावस्था अनुसार आधारभुत शिक्षा भन्नाले प्रारम्भिक बाल शिक्षा देखि कक्ष ८ सम्म दिइने शिक्षा र माध्यमिक शिक्षा भन्नाले कक्षा ९ देखि १२ सम्ममो शिक्षा मानिएको छ । अभिभावक डोमी मेहताका अनुसार सबै अभिभावकलाई जानकारी समेत नदिई चार जना छनौट गरेको छ , जुन अवैधानिक रहेको छ । विद्यालयमा विधार्थी नभएको अभिभावकलाई समेत समेटिदा अभिभावक भएकाहरुलाई भने उपेक्षा गरेको स्थानीयको आरोप छ । प्रअ मेहता शिक्षक हुदाँ ठिकै स्भावका भएपनि प्रअ भएपछि कमाउ धन्दामा लागेकाले शिक्षक र विधार्थी दुवै मारमा परेको एक अभिभावकले बताएका छन् । सामाजिक उतरदायित्व समेत पुरा नगरि आफूखुसी गर्न थालेको , कमाउ धन्दालाई प्राथमिकतामा राखेको, प्रअ भएपछि केही आर्थिक हिनामिना गरेकोले उनी माथि सम्पती छानविन समेत गर्नुपर्ने माग अघि सारेको पत्रकारसामु बताएका छन् ।
अभिभावकहरुकाे कुरा नसुन्ने प्रअ मेहताले शिक्षकको समेत कुरा नसुनेको र आफ्नो गाउँपालिकाका अध्यक्ष अनि शिक्षा शाखा कब्जामा भएको भन्दै कोही कसैले प्रश्न उठाउदाँ प्रतिकृया समेत नदिई अध्यक्ष तिर जान भन्दै पन्छिने गरेको गुनासो पनि बाहिर आएको छ । अभिभावक भेलाको माईनोटमा मिति खालि राखेकोले त्यस बारेमा पनि अनुसंधान गर्न जरुरी छ । प्रअ मेहतालाई यर्थात के हो भन्ने बारेमा जान्नका लागि फोन गर्दा रिसिभ गर्नुभएन् । नागरिक अभियानको सात वटा मोवाईलबाट २० पटक फोन गर्दा रिग गएर पनि उठाएनन् । त्यसैले घटना संकास्पद देखिएकोले प्रअको कार्यशैलीको अनुसंधान गर्नुरपर्ने र उनको सम्पती समेत छानविनको दायरामा ल्याउनुपर्ने अभिभावको माग बाहिर आएको छ ।
Discussion about this post