• pradeshpoint
  • Pradeshpoint
Thursday, April 30, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

कोभिड–१९ द्रुत प्रतिकार्य समूहका पदाधिकारी तथा सदस्यहरुसँग भच्र्युल बैठक सम्पन्न

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७८ जेष्ठ ९ गते, १७:३६ बजे प्रकाशित
in मुख्य पाना
कोभिड–१९ द्रुत प्रतिकार्य समूहका पदाधिकारी तथा सदस्यहरुसँग भच्र्युल बैठक सम्पन्न
74
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । प्रदेश १ मा गठन भएको कोभिड–१९ द्रुत प्रतिकार्य समूह, प्रदेश नं. १ र जिल्ला समितिको सदस्यहरुको भच्र्यूल बैठक सम्पन्न भएको छ । समूहका प्रदेश संयोजक महेश्वरी राईको अध्यक्षतमा १ नं. प्रदेश सरकारको सामाजिक विकास मन्त्रि उषाकला राईको प्रमूख आथितित्यमा बैठक सम्पन्न भएको हो । बैठकमा प्रमुख अथिति सामाजिक विकाश मन्त्री उषाकला राईले कोडिभ माहामारी रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले सबै खाले तयारी गरेको बताउनुभयो । वहाँले कोही उपचार अभावमा अकालमा ज्यान गुमाउन नपरोस भनेर सरकार त्यसका लागि तयारीमा जुटेको बताउनुभयो । राईले सरकारको पहिलो प्राथमिकता नै नागरिकको स्वास्थ्य सुरक्षा भएको बताउनुहुदै कोरोनालाई परास्त गर्नका लागि सबैको सहकार्य र हातेमालो आवश्यक रहेको बताउनुभयो । मन्त्री राईले रयापिड रेस्फोन्स टिम बनाएकोमा खुसी व्यक्त गर्नुहुदै अहिले सगैं बस्ने, सगैं खाने समय नभएकाले सबैले सबैलाई सक्ने सहयोग गर्नुपर्ने र कोरोना पीडितहरुलाई हौसला प्रदान गर्न आवश्यक रहेको बताउनुभयो । वहाँले प्रदेश मातहतमा रहेका अस्पतालको स्तोरन्नती गर्नका लागि काम भएको, सचेतना, समन्वयन, सहकार्य सहित यसै आर्थिक वर्षको अन्तिम वा आउदो वर्ष एउटा कोष स्थापना गरी विपन्न , गरिव र दलित समुदायको उपचारमा योगदान गर्ने लक्ष्यका साथ अघि बढेको बताउनुभयो । वहाँले कोही पनि रकमको अभावमा ज्यान गुमाउन नपर्ने पनि जिकिर गर्नुभयो । अस्पतालहरुमा निशुल्क उपचार र खानाको समेत व्यवस्थापन गर्न लागि परेको बताउनुभयो । सबैको सकृयाता र सहभागितामा वेल म्यानेज वेल डेभलप धारणा अनुसारको काममा अघि बढेको बताउनुभयो । वहाँले समूह र नागरिक समाजले सरकारको काममा सहयोग गर्न र सहकार्य जरुरी रहेको बताउनुभयो । हालै समाज कल्याण परिषदको समन्वयमा गैरसरकारी संस्था महासंघ नेपालको पहलमा १ नं. प्रदेशमा कोभिड–१९ द्रुत प्रतिकार्य समुह ९ऋइख्क्ष्म्(ज्ञढ च्बउष्म च्भकउयलकभ त्भबm० छोटकरीमा ऋच्च्त् गठन भएको छ भने सबै जिल्लामा जिल्ला स्तरीय ऋइख्क्ष्म्(ज्ञढ च्बउष्म च्भकउयलकभ त्भबm ९ऋच्च्त्०गठन तथा परिचालन गरिएको छ । विभिन्न अन्र्तराष्ट्रिय गैरसरकारी संस्था, नागरिक संघ, संगठन, संजालको संयोजन र संयोजन गर्ने, स्रोतसाधन जुटाउने र मानवीय सहयोगको लागि साझेदारी गर्ने महामारीको व्यवस्थापन तथा मानवअधिकारको अवस्थाको अनुगमन गर्ने, जवाफदेहिता, पार्दशिता र द्रुत प्रतिकार्यका लागि जिम्मेवारी निकायलाई ध्यानाकर्षण गराउने र नागरिक संघ–संस्थाहरुको तर्फबाट भएको सम्पूर्ण योगदानका अभिलेखिकरण र प्रतिवेदन तयार गर्न, राहत सम्बन्धि कार्य तथा योजनाहरुलाई व्यवस्थित र छरितो ढंगले संचालन गर्न सहयोग पु¥याउन, सूचना आदान–प्रदान, समन्वय तथा सहजिकरण गर्ने यस टिमको मुख्य जिम्मेवारी रहेको बैठकमा जानकारी दिएको छ । बैठकमा समाज कल्याण परिषदको कोषाध्यक्ष लोकनाथ सुवेदी र गैर सरकारी संस्था महासंघ नेपालको उपमहासचिव अर्जुन भट्टराईको विशेष आथितित्यतामा गैसस महासंघ नेपालको केन्द्रिय सचिव उमेश विश्वकर्मा, गैसस महासंघ नेपाल १ नं. प्रदेशको प्रकाश अधिकारी, नेपाल पत्रकार महासंघ नेपाल १ नं. प्रदेशको अध्यक्ष श्री लिलावल्भ घिमिरे, एआईएनको प्रमिल अधिकारी, मानव अधिकार रक्षक परिषद १ नं. प्रदेशको संयोजक सोमराज थापा, सि.आर.आर.टि.को पदाधिकारी तथा सदस्यहरु, गैर सरकारी संस्था महासंघ नेपाल, नेपाल पत्रकार महासंघ प्रदेश, जिल्लाका पदाधिकारी तथा सदस्यहरु, नेपाल रेडक्रस सोसाईटी लगायत अन्य सरोकारवाला निकायहरु गरी ४८ जनाको सहभागितामा जिल्ला स्तरिय कोभिड–१९ द्रुत प्रतिकार्य समुहका पदाधिकारी तथा सदस्यहरुसँग भच्र्युल बैठक सम्पन्न भएको छ । उक्त बैठकमा सुनसरीका संयोजक मेघराज न्यौपाने, पाँचथरका नन्द नेम्वागं, इलामका कमल नेपाल, उद्यपुरका सुमन परियार सहितकाले जिल्लाको अवस्थाका बारेमा कुरा राख्नुभएको थियो ।

 

Related Posts

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान
FEATURE

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
0

इनरुवा । सुनसरी जिल्लामा यस वर्ष गहुँ उत्पादनमा कमी आउने संकेत देखिएको छ। खेती सुरु हुने समयमा पर्याप्त वर्षा नहुनु र...

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

२०८२ चैत्र १९ गते, १८:२४ बजे प्रकाशित
प्रशासनिक टोलीको समन्वयमा गतिशील भोक्राहा नरसिंह, विकासमा देखियो गुणात्मक फड्को

कार्यालय समय, पोशाक र सेवा डेलिभरीमा अध्यक्ष आजादको निर्देशन

२०८२ चैत्र १७ गते, ११:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist