इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ५ मा रहेका श्री खुशीलाल यादव स्मृति प्रतिष्ठानले माक्स वितरण गरेको छ ।
प्रतिष्ठानका अध्यक्षका अध्यक्ष श्यामसुन्दर यादवले गाउँपालिकाको वार्ड नं. ८ सोनयाहीमा रहेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट उल्टी सोनयाहीलाई माक्स र सेनिटाइजर वितरण गरेको हो ।
यादवले माक्स र सेनिटाइजर विओपीका प्रमुख सशस्त्र प्रहरी निरिक्षक महेश केसीलाई हस्तान्तरण गरेका छन् ।
यादवले कोरोना माहामारीका बीच सीमा सुरक्षामा खटीएका सुरक्षाकर्मीलाई स्वास्थ्य सुरक्षाका लागि सहज होस भनेर माक्स र सेनिटाइनर हस्तान्तरण गरेको जनाएको छ ।
माक्स र सेनिटाइजर हस्तान्तरण कार्यक्रममा सशस्त्र प्रहरी र आयोजक प्रतिष्ठानका सहित नेपाल पत्रकार महासंघ सुनसरीका सदस्य तथा मानव अधिकार समुह भोक्राहा नरसिंहका सचिव दिपेन्द्र कुमार यादव, स्काउटका संयोजक रमेश कुमार यालव , स्थानीय युवा तथा समाजसेवी सुरेश यादव लगायतको उपस्थिती रहेको थियो ।
Discussion about this post