चिराैली । सुनसरीको भाेक्राहा नरसिंह वार्ड नं.८ स्थित रहेको सशस्त्र प्रहरी बल नेपाल बाेर्डर आउट पाेष्ट उल्टीलाई नेपाल विद्यार्थी संघ सुनसरीले स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
काेराेना भाइरस (काेभिड-१९) काे त्रास विश्वभर फैलिएको अवस्थामा सीमावर्ती क्षेत्रमा दिनरात सुरक्षा तैनाथ रहेका सुरक्षाकर्मीहरूलाई स्वास्थ्य सामग्री माक्स र सेनिटाइजर हस्तान्तरण गरेको हाे ।
सशस्त्र प्रहरीलाई नेपाल विद्यार्थी संघ सुनसरी जिल्ला सदस्य तथा सुनसरी बहुमुखी क्याम्पस इनरुवाका सभापति सेराज हुसेनको नेतृत्वमा प्रहरी निरिक्षक महेशविक्रम केसीलाई आफुले भ्याएसम्म काेराेना कवच माक्स र सेनिटाइजर हस्तान्तरण गरिएको बताए ।
नेविसंघका जिल्ला सदस्य हुसेनले सशस्त्र प्रहरी बल नेपाल बिओपी उल्टीका प्रमुख एंव प्रहरी निरिक्षक महेशविक्रम केसीलाई ६ प्याकेट माक्स र ५ वटा सेनिटाइजर हस्तान्तरण गरिएको छ ।
Discussion about this post