धरान । सेवा,साधना तथा सत्संगलाई आफनो मुल मन्त्र बनाई योग,ध्यान,प्रणयाम र सामाजिक सेवाको क्षेत्रमा काम गर्दै आएका अन्र्तराष्ट्रिय संस्था द आर्ट अफ लिभिङद्धारा खाद्यान्न बितरण गरीएको छ ।
संस्थाको सुनसरी धरान स्थित रहेको शाखाले सोमबार धरान ५ तल्लो देउराली स्थित सुकुम्बासी बस्तीमा रहेको दैनिक गरी खाने वर्ग तथा लकडाउनबाट प्रभावित ५८ घर परिवारलाई उक्त खाद्यान्न सहयोग गरेको हो ।
संस्थाको नेपालस्थित काठमाडौमा रहेको कार्यालय र धरान स्थित रहेको सुनसरी जिल्लाकी सम्योजक पार्बती श्रेष्ठको आर्थिक सहयोगमा उक्त प्रभावित दैनिक गरिखाने बर्गका मानिसहरुलाई ५२ हजार रकम बराबर खाद्यन्न सहयोग गरेको संस्थाले जनाएको छ ।
संस्थाकी सम्योजक पार्बती श्रेष्ठका अनुसार उक्त खाद्यन्न राहतमा प्रति परिवार १० केजि चामल, एक केजी दाल, एक लिटर तेल, एक केजि न्युटेला,र बिस्कुट हस्तान्तरण गरेको जनाएको छ ।
गत साल पनि संस्थाले कोरोना महामारिले गर्दा लकडाउन भए संगै सबै क्षेत्र पनि वन्द भए पछि खाद्यन्न प्रदान गरेको थियो । उक्त खाद्यन्न बितरणका लागी धरान ईग्लीस बोर्डिङ स्कुलका अध्यक्ष दिनेश जिमी,स्थानीय पत्रकार बिनोद दर्नाल लगायतले सहयोगी भुमिका खेलेका थिए ।
Discussion about this post