इनरुवा । सुनसरीमा पुनः एकसाता निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज सोमबार बसेको बैठकले असार २२ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञा थप भएपनि अब भने निजि सवारीसाधन सञ्चालन हुनेछन् । जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार अब जोरविजोरका आधारमा भोलिबाट निजि सवारीसाधन सञ्चालन हुनेछन् । जोर बार जोर नम्बर भएको र विजोर बार विजोर नम्बर भएको गाडी सञ्चालन गर्न दिने निर्णय भएको प्रजिअ उमेशकुमार ढकालले जानकारी दिए ।
बजार पसल पनि १२ बजेबाट बढाएर दिउँसो ४ बजेसम्म खुल्न दिने निर्णय भएको उनले जानकारी दिए । अब भने सैलुन पनि खुल्नेछन् । तर, होटल, रेष्टुरेन्ट भने खुल्ला नहुने उनले जानकारी दिए ।
Discussion about this post