इनरुवा । किसानहरुको सम्स्या बुझनका लागि मधेशी आयोगकी माननीय सदस्य रेणु कुमारी साहले शनिबार भोक्राहा गाउँपालिकामा अनुगमन गरेकी छिन् ।
उनी एक महिना अघि सुनसरी सहीत देशको विभिन्न जिल्लामा आएका बाढीका कारणले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा पनि बाढीले आक्रन्त मचाएको भन्दैँ पहिलो पटक गाउँमै पुगेर किसानको क्षतिको बारेमा अनुगमन गरेकी हुन् ।
बाढीका कारण यहाँका किसानहरुले लगाएको धानबाली, उखुबाली र तरकारीबाली लगायत विभिन्न बालीहरुमा क्षति पुर्र्यानुका साथै मानवीय क्षति भएकाले अनुगमन गरेकी उनले बताइन् ।
अनुगमनकै क्रममा मधेशी आयोगकी माननीय सदस्य रेणु कुमारीले किसानहरुसँगै पशुपक्षीहरुलाई समेत बाढीका कारण सम्स्या परेको भन्दैँ पत्रकारसँग कुरा गर्दै दुःख व्यक्त गरीन् ।
उनले पत्रकारसँगको कुराकानी भने तराई मधेशका किसानहरुले लगाएको तरकारीवालीमा क्षति पुर्याउनुका साथै मानवीय क्षति समेत भएको भन्दै सरकारले राहत वितरण कार्यमा ढिलाई गरेको बताइन् ।
सरकार राहत वितरण कार्यमा ढिलाई गरेकाले कतिपय समुदायको घर आगमनमा खाने खर्च रासन पानी नभएकाले आफुले मधेशी आयोगको बैठक बसेर तत्काल राहत उपल्ब्ध गराउन सरकारलाई आग्रह गर्ने प्रतिवद्धता समेत जाहेर गरिन् ।
अनुगमनको क्रममा उनले भने किसानहरुले बर्षभरी लगाएको खाद्ययन्न बाली र तरकारीबालीमा क्षति पुर्र्याएको कारण किसान सँगै पशु आहारमा समेत असर परेको बताइन् ।
उता अनुगमनकै क्रममा भोक्राहा नरसिंह गाउँपालिकाकी कार्यवाहक अध्यक्ष पुनम कुमारी मेहताले भने सरकार गठबन्धनको भएपनि राहतमा ढिलाई नहुने दाबी गरिन् ।
उनी भन्छन हाम्रो गाउँपालिकाका जनता कति दिन सम्म पिडित भएर बस्छन् होला ?
हुन तँ वहाँले बोलेको अवाजलाई स्थानीय जनताले ताली पड्काउदैँ समर्थन पनि जोडदार तरिकाले गरेको थियो ।
अनुगमनकै क्रममा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष पुनम कुमारी मेहताले राखेको हरेक शब्दले स्थानीय गाउँबासीको मन छोएको स्थानीय प्रभु कुमार मण्डलले जानकारी दिए ।
गाउँपालिकाकी कार्यवाहक अध्यक्ष पुनम कुमारी मेहताको वास्तविकता हेर्दा पनि नपत्याउँदोे जस्तो लाग्छ । तर गाउँपालिकाको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेको केही सता भित्रै उनले जनप्रतिनिधिहरुको साथ र सहयोग लिदैँ परिवर्तन तर्फ अग्रसर भएको स्थानीय गाउँवासीहरुले बताएका छन् ।
यता समाचारमा भोक्राहा नरसिंह गाउँपालिकाकी कार्यवाहक अध्यक्ष पुनम कुमारी मेहताले जनताको मन छुने काम गरेका कारण उनी आफ्नो पालिकामा लोकप्रीय बन्दै गएकी छिन् ।
पालिकाकी कार्यवाहक अध्यक्ष मेहताले यसै आर्थिक वर्षमा दुई पटक बाढी बाट प्रभावित भएका व्यक्तीहरुको घरघरमै पुगेर राहत वितरण गरेकी हुन् भने उनले जनप्रतिनिधिहरुको साथ र सहयोग लिएर कोरोना भाइरसबाट पीडित भएका व्यक्तिहरुको घरघरमै पुगेर माक्स, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण गरेकी थिइन् ।
त्यस्तै बैमौसमी बाढीका कारण भोक्राहा नरसिंह गाउँपालिकामा मानव २ जना, पशु चौपया ( गाई , भैँसी, बाख्रा, कुखुरा इत्यादी) मा ४ करोड, ५२ लाख ५७ हजार रुपैयाँ, पंक्षी, २ करोड ३२ लाख १९ हजार रुपैयाँ, माछा १ करोड ६४ लाख रुपैयाँ , धानबाली ४० करोड ९९ लाख ७१ हजार रुपैयाँ बराबरको क्षति भएको छ भने नग्देबाली तर्फ उखु, आलु र तरकारीबालीमा ३४ करोड ३४ लाख ३६ हजार २ सय ६० रुपैयाँ क्षति भएको कृषि शाखा भोक्राहा नरसिंह गाउँपालिकाले जनाएको छ ।
बाढीकै कारण सार्वजानिक भवनमा २ करोड ५२ लाख ७१ हजार ५ सय रुपैयाँ बराबरको समान्य क्षति पुर्र्याएको छ भने १ हजार ८ सय २५ वटा निजी भवन तथा घरमा ११ करोड ५८ लाख ४२ हजार रुपैयाँ बराबरको क्षति भएको भोक्राहा नरसिंह गाउँपालिकाका योजना सहायक रामचन्द्र यादवले जानकारी दिए ।
योजना सहायक यादवका जानकारी अनुसार १ हजार ५५ वटा गोठमा २ करोड ६२ लाख ७० हजार रुपैयाँ र स्थानीय पुल, पुलेसा, कलभर्ट र बाटोघाटोमा समेत १५ करोड १० लाख रुपैयाँ बराबरको क्षति भएको बताए ।
माथी उल्लेखीत तथ्यांक भने शंकास्पद जस्तो लाग्न सक्छ तर यो तथ्यांक सार्वजानिक सम्पति क्षति भएको बाहेक भोक्राहा नरसिंह गाउँपालिकाका वास्तविक किसानहरुले आफैँले भरेको तथ्यांक हो ।
बाढीका कारण सबै भन्दा बढी भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ५ र ७ क्षति भएको छ भने वार्ड नं. १,४, ६ र ८ मा आंशिक क्षति भएको हो ।
सो अनुगमनका क्रममा भोक्राहा नरसिंह गाउँपालिकाका कार्यवाहक अध्यक्ष पुनमकुमारी मेहता र विकास प्रेमीको नामले परिचित भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु पुनितलाल मेहता, उपेन्द्र यादव, शिवराम यादव, गुरुदेव यादव, रमेश कुमार मेहता , श्यामकुमार मण्डल, मिथलेश कुमार यादव लगायतको सभागीता रहेको थियो ।
Discussion about this post