एकता कृषि सहकारी संस्था लिमिटेडको तेश्रो वार्षिक सधारणका प्रमुख अथिती एंव भोक्राहा नरसिंह गाउँपालिकाकी कार्यवाहक अध्यक्ष पुनम कुमारी मेहताले कार्यक्रमलाई सम्बोधन गर्दै किसानहरुको एकता नै ठुलो शक्ति भएको बताइन् ।
सधारण सभामा उनले किसानको एकता बिना सहकारी बिकास सम्भव नभएको र परिवारीक सहकारीको एकल निर्णयले सहकारीको विकास नहुने उनले तर्क गर्दै सहकारीमा एकता जरुरी रहेको बताइन् ।
प्रमुख अथिती पुनम कुमारीले भने एकता सहकारीको नाम जस्तै सहकारीमा किसान दाजुभाई तथा दिदीबहिनीहरु एकता भई अगाडी बढ्नका लागि आग्रह समेत गरेको हो ।
उनले भने हामीले पालिकामा कृषि क्षेत्रमा कमै मात्रामा बजेट विनियोजन गरिएपनि कार्यक्षेत्र पुरा भएको र काम गर्ने सहकारी संस्थाहरुलाई कुनै किसिमको विभेद नगरी विभिन्न कार्यक्रमहरु उपल्ब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरिन् ।
त्यस्तै कार्यक्रमको विशिष्ठ अथिती एंव भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र महेताले कार्यक्रममा बोल्दै भोक्राहा नरसिंहमा बाढीका कारण कृषिमा परेको असरलाई मध्यनजर गर्दै किशानहरुलाई उपल्ब्ध गराउने विभिन्न कार्यक्रमहरुलाई प्रभावकारी ढंगले संचालन एंव अनुगमन गरी किसानहरुलाई सेवा सुविधा दिन आफु पछि नपर्ने बताएको हो ।
केही दिन अघि मात्रै सुचना प्रकाशित गरेर गहुँको विउँ किसानहरुलाई समयमा नै आवश्यकता अनुसार उपल्ब्ध गराउने सधारण सभामा उद्घोष गरेका हुन् ।
त्यस्तै एकता कृषि सहकारी संस्था लिमिटेड भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं.६ ले तेश्रो साधारण सभामा ३१ लाख ८ हजार २ सय २३ रुपैयाँ ९५ पैसा बराबरको आय व्यय प्रतिवेदन प्रस्तुत गरेको छ ।
Discussion about this post