जुगेश दास / इनरुवा । भनिन्छ मानव जीवनमा जति सुकै राम्रो काम गर्नु त्यतिकै नकारात्मक प्रभाव पर्छ ।
अर्थात तपाई राम्रो काम गर्नको लागि उत्साहित भएर लागेपनि अर्को तर्फ निरुत्साहीत बनाउने काम भइरहेको हुन्छ ।
आफुभित्र रहेको कलाकारीतालाई प्रस्टफुटन गर्ने उदेश्यले प्रदेश नं.१ र प्रदेश नं.२ को बीच सीमानामा पर्ने कोशी ब्यारेजमा टिकटक बनाउने क्रममा लडेर एक जनाको मृत्यू भएको छ ।
टिकटक बनाउने व्यक्तिले आफ्नो साथीलाई प्रतिभा देखाउने उदेश्यले कोशी ब्यारेजमा बनाउदैँ गरेको टिकटककै क्रममा पुलबाट बाट खसेर संसारबाट बिदा भएका छन् ।
टिकटक समाजिक सञ्जालमा लोकप्रीय बन्दै गएका एप हो ।
टिकटक पछिल्लो समय बृद्धबृदासगैँ युवायुवतिदेखी बालबालिकाहरुको लागि लोकप्रीय एप मध्ये एक हो ।
टिकटकमा आफ्नो कला देखाउने उदेश्यले जिल्ला स्वास्थ्य कार्यालय मोरंगमा कार्यरक्त ४५ वर्षिय अहेव सुभाष नेपालले कोशी ब्यारेज पुलमा अस्ताएका छन् ।
उनको स्थायी ठेगाना प्रदेश नं.१ स्थित झापा जिल्ला दमक नगरपालिकामा वार्ड नं.६ मा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।
Discussion about this post