इनरुवा । प्रदेश नं.१ मोरङको विराटनगर महानगरपालिका स्थित रानी भन्सार नाका क्षेत्रबाट प्रहरीले एक जना नक्कली घुमुवा प्रहरीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१२ का ३१ वर्षीय पुष्पराज चेम्जोङ रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार अभियुक्त चेम्जोङले भारतको जोगबनी जाने नेपाली सर्वसाधारणसँग तीन लाख रुपैयाँ मागेका थिए ।
आफू प्रहरीको घुमुवा रहेकाले पैसा दिनुपर्ने भनेर ‘बार्गेनिङ’ गर्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय रानीको टोलीले उनलाई पक्राउ गरेको एसपी राईले बताए । इप्रका रानीकै हिरासतमा राखी अभद्र व्यवहार मुद्दा चलाउन अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
Discussion about this post