• pradeshpoint
  • Pradeshpoint
Saturday, January 17, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

सके सरकारी जागिर नसके आफ्नै कृषि फर्म गर्न सकिने – एलिसा

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ मंसिर १६ गते, १९:१४ बजे प्रकाशित
in कला पाना, मुख्य पाना, शिक्षा समाचार
सके सरकारी जागिर नसके आफ्नै कृषि फर्म गर्न सकिने – एलिसा
19
SHARES
Share on FacebookShare on Twitter

सुर्खेतः बाली विज्ञान पढ्दै गरेका विद्यार्थीहरू किताबमा मात्रै नभएर माटोसँग पनि खुबै रमाउन थालेका छन्। उनीहरू विद्यालय समयमा विद्यालयकै बारीमा र अन्य समयमा घरको करेसाबारीमा रमाउने गरेका छन्।

सिम्ता गाउँपालिका—७ की एलिसा राना शिव माध्यामिक विद्यालयमा कक्षा—१२ मा बाली विज्ञान -आइएससीएजी पढ्छिन्।

उनी ९ कक्षादेखि नै यही विद्यालयमा बाली विज्ञान पढ्दै आएकी छन्। उनी विद्यालयमा किताबको अध्ययनसँगै कृषि कर्म पनि गर्छिन्।

हरेक दिन कक्षा कोठामा शिक्षकले किताब पढाएपछि त्यसको प्रयोगात्मक सीप सिक्न उनी माटोसँग खेल्छिन्।

अन्य विषयमा रोजगारीको सम्भावना न्यून हुने तथा धेरै जनासँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले पनि कृषि उनको रोजाइमा पर्यो।

त्यसमा पनि कृषि विषय लिएर पढे, सके सरकारी जागिर नसके आफ्नै कृषि फर्म गर्न सकिने एलिसाको भनाइ छ।

‘अन्य विषय लिएर पढेका धेरै मान्छेहरू बेरोजगार भएर बसेका छन्। तर कृषि विषय लिएर पढेकाहरूलाई दुवै हातमा लड्डु हुन्छ’, उनले भनिन्, ‘सके जागिर खाइन्छ। नसके कृषि फर्म खोलेर कृषि कर्ममा रमाइन्छ।’

यस्तै वीरेन्द्रनगर—९ का अर्जुन सञ्ज्यालले पनि कृषि क्षेत्रमा राम्रो सम्भावना देखेरै यो विषय पढेको बताए। उनका घरपरिवार पनि कृषि विषय पढेर छोरा कृषिमा आत्मनिर्भर बनोस् भन्ने सोच राख्छन्।

अर्जुन बिहान(बेलुका घरको करेसाबारीमा रमाउँछन् भने दिउँसो विद्यालयको बारीमा। उनको टीमले लगाएका बन्दा, च्याउ, काउली, टमाटर लगायतका फलफूल र तरकारीहरू लटरम्मै फलेका छन्।

‘नेपालमा कृषिको धेरै सम्भावना छ। हामीले यहाँ उत्पादन गर्न सक्ने सामग्री भारत लगायत छिमेकी देशबाट ल्याउनुपर्ने बाध्यता छ। त्यही कारण पनि मेरो परिवारले मलाई कृषिमा आत्मनिर्भर भएको देख्न चाहन्छ’, उनले भने, ‘सबै मान्छे जागिर र रोजगारी भन्दै बाहिर गएपछि कृषिको भविष्य के हुन्छरु’

रोजगारी र आफ्नै काम पनि सँगसँगै गर्न सकिने भएकोले कृषि पढ्दा फाइदै फाइदा हुने उनको भनाइ छ।

सरकारले ९—१२ कक्षासम्मको लागि ल्याएको शिक्षा नीतिअनुसार प्राविधिकतर्फ शिव माध्यामिक विद्यालयले २०७१ सालबाट प्रत्येक वर्ष ४८ जना विद्यार्थीलाई कृषि अध्ययनमा भर्ना गराउँछ।

अन्य विद्यालयमा सीटीईभीटीअन्तर्गत यही विषय १८ महिना पढ्दा पैसा बढी लाग्ने भएका कारण पनि विद्यार्थीहरूको रोजाईमा यो विद्यालय परेको विद्यालयका शिक्षक नवराज घिमिरले बताए।

बाली विज्ञान पढ्नकै लागि यस विद्यालयमा हुम्ला, दैलेख, जाजरकोट, कालिकोट, बाँके र कैलालीबाट समेत विद्यार्थीहरू आउने गरेको विद्यालयको प्राविधिक शिक्षा कोअर्डिनेटर धीरेन्द्रमान थापाले बताए।

उनका अनुसार कक्षा १० र ११ मा तीनरतीन महिना र कक्षा १२ मा ६ महिना ओजेटी गरेपछि बाली विज्ञान विषय सकिन्छ। यदी कक्षा ११ मा ओजेटी नगरे एक वर्षसम्म पढ्नुपर्ने हुन्छ।

पछिल्लो समय बाली विज्ञान पढ्नका लागि कोटाभन्दा पनि बढी विद्यार्थी आउन थालेको कोअर्डिनेटर थापाको भनाइ छ।

Tags: नसके आफ्नै कृषि फर्म गर्न सकिने - एलिसासके सरकारी जागिर

Related Posts

इटहरीमा दुई दिने अन्तर्राष्ट्रियस्तर शैक्षिक सम्मेलन सम्पन्न
FEATURE

इटहरीमा दुई दिने अन्तर्राष्ट्रियस्तर शैक्षिक सम्मेलन सम्पन्न

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस ६ गते, १८:१९ बजे प्रकाशित
0

इटहरी । इटहरीमा दुई दिने अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन आइतबार सकिएको छ । उच्च शिक्षामा नवीनता, अनुसन्धान र स्थायीत्वका लागि इटहरीमा...

“शिक्षा र कृषि एकसाथ: विद्यार्थीहरूले खेतबारीमा पनि सिक्दै कमाउँदै”
FEATURE

“शिक्षा र कृषि एकसाथ: विद्यार्थीहरूले खेतबारीमा पनि सिक्दै कमाउँदै”

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर २९ गते, १३:३३ बजे प्रकाशित
0

विराटनगर । कक्षाकोठामा सिकेको ज्ञानलाई खेतबारीसँग जोड्दै जीवन विकास पब्लिक स्कुलका विद्यार्थीहरू उत्पादनमुखी अभ्यासमा जुटेका छन् । ‘पढ्दै कमाउँदै’ अभियान...

चन्द्रपुरमा विद्यालयका विद्यार्थी लक्षित एकदिने स्वास्थ्य शिविर सम्पन्न

चन्द्रपुरमा विद्यालयका विद्यार्थी लक्षित एकदिने स्वास्थ्य शिविर सम्पन्न

२०८२ मंसिर २६ गते, १७:१२ बजे प्रकाशित
भाेक्राहा नरसिंहका अध्यक्ष आजादद्वारा जामिया इस्लामीयामा आधुनिक ३ तल्ले भवनको शिलान्यास

भाेक्राहा नरसिंहका अध्यक्ष आजादद्वारा जामिया इस्लामीयामा आधुनिक ३ तल्ले भवनको शिलान्यास

२०८२ मंसिर १५ गते, २१:२८ बजे प्रकाशित
अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तिब्र गतिमा

अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तिब्र गतिमा

२०८२ मंसिर १५ गते, १८:५९ बजे प्रकाशित
९५ जना विद्यार्थीलाई छात्रवृत्ति रकम वितरण

९५ जना विद्यार्थीलाई छात्रवृत्ति रकम वितरण

२०८२ मंसिर १३ गते, १८:०६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

२०८२ पुस ३० गते, १९:५२ बजे प्रकाशित
सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

२०८२ पुस ३० गते, १९:३८ बजे प्रकाशित
भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

२०८२ पुस २९ गते, १३:२१ बजे प्रकाशित
सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

२०८२ पुस २९ गते, १२:१० बजे प्रकाशित
सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

२०८२ पुस २४ गते, १२:३१ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1393 shares
    Share 557 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    765 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist