इनरुवा । पछिल्लो समय यता हिन्दु समुदायमाथी गैरहिन्दुहरुले विभिन्न किसिमको आक्रमण सुरु गरेका छन् ।
गैरहिन्दु समुदायहरुले द्धारा भइरहेको विभिन्न किसिमको आक्रमणलाई प्रतिकार गर्नका लागि हिन्दु स्वयंमसेवक संघ, सनातन धर्म संरक्षण मञ्च, विश्व हिन्दु परिषद नेपाल, हिन्दु परिषद नेपाल लगायतका संघ संगठनहरुको आँखा खुलेका छन् ।
शनिबार हिन्दुहरु माथी भइरहेको निरन्तर आक्रमणका प्रतिकार विरुद्ध सुनसरी सदरमुकाम इनरुवामा सनातन धर्म संरक्षण मञ्चले देशमा बढेको अन्याय, अत्याचार र दमन विरुद्ध विशाल मोटरसाईकल र्याली निकालिएको छ । इनरुवामा एक हजार पाँच सय बढी मोटरसाईलमा युवाहरुले देशमा शान्ती, सुशासन कायम गर्नुपर्ने र अन्याय, अत्याचार र दमन बन्द गर्नुपर्ने माग सहित मोटरसाईकल र्याली निकालिएको हो ।
इनरुवामा भेला भएको मोटरसाईकल टोलीले सुनसरीको कोशी गाउँपालिका १ को लौकही बजार हुदै मोटरसाइकल र्याली जिल्लाको रामधुनी, इटहरी, गढी लगायतका बिभिन्न स्थानीय तहमा परिक्रममा गरी पुनः इनरुवामा कोण सभा गरेर र्याली सम्पन्न गरेको छ ।
मेटरसाईकल र्याली विहान इनरुवा हुदैँ लौकही र लौकही हुदैँ फेरी इनरुवा पूर्व राजमार्ग हुदै रामधुनी, झुम्का, इटहरी, दुहवी हुँदै पुनः इनरुवासंगै लौकहीमा कोण सभा गरेको सनातन धर्म संरक्षम मञ्चका कार्यवाहक अध्यक्ष राजेश यादवले जानकारी दिए ।
कोण सभामा कौशल किसोर कर्ण, बुधनारायाण यादव , राजेश हिन्दु, दिलिप साह सहितले सम्बोधन गरेका थिए ।
विशाल मोटरसाइकल र्याली सनातन धर्म संरक्षम मञ्चको अगुवाई र हिन्दु स्वयंसेवक संघ नेपाल ,हिन्दु राष्ट्रिय स्वाभिमान जागरण सुनसरीको सहकार्यमा निकालिएको थियो । र्यालीमा सहभागीहरुले सनातन धर्म माथि निरन्तर भई रहेको अन्याय, अत्याचार, दमन शोषण विरुद्ध हिन्दु एकतामा जोड दिएका छन् । यसअघि पनि नेपाल सरकारसँग बिभिन्न मागहरु राख्दै मोटरसाइकल र्याली प्रदर्शन गरेको मञ्चले पुन स्मरण गराउन पनि र्याली गरेको जनाएको छ ।
उनीहरुले नेपाललाई हिन्दु राज्य घोषणा गर्नुपर्ने, हिन्दु आयोगको स्थापना गर्नुपर्ने, अन्तरधार्मिक विवाहलाई कानुनी रुपमा बन्देज लगाउनुपर्ने लगायतको बिभिन्न मागहरु अघि सारेका छन् ।
Discussion about this post