इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा रहेको सुनसरी बहुमुखी क्याम्पसमा नव आगन्तुक विधार्थीहरुलाई स्वागत गर्दै स्वागत कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसका कक्षा १२ मा अध्ययनरत्त विधार्थीहरुले नव आगन्तुक बिद्यार्थीहरुलाई एक कार्यक्रम गरेर स्वागत गरेको हो । क्याम्पसमा कक्षा ११ मा भर्ना भएका बिद्यार्थीहरुलाई फुलमाला र अबिर लगाएर स्वागत गरेको आयोजक कक्षा १२ का सागर राउतले जानकारी दिए ।
कक्षा १२ का मुकेश दासका अनुसार एसईई दिएर आएका विधार्थीहरुले कोरोना कहरका बेलामा विदाई र परीक्षाको अवसर समेत नपाएकाले उनीहरुको हौसलाका लागि स्वागत गरेको हो ।
स्वागत कार्यक्रममा बोल्दै क्याम्पसका प्रध्यापक लिला अपागाईले स्वागत कार्यक्रमले शिक्षक, अभिभावक तथा विद्यार्थी तथा प्रध्यापक र विद्यार्थी बिचको परिचय तथा सम्बन्धलाई थप प्रगाढ बनाउदै अध्यान अध्यापनमा थप उर्जा प्रदान गर्न सहयोग गर्ने बताए । क्याम्पसलाई थप व्यवस्थित तवरबाट अगाडि बढाउन स्वबियु, शिक्षक, विद्यार्थी तथा अभिभावक सबैको सकारात्मक प्रयास आबश्यक रहेको उनको भनाई छ ।
कार्यक्रममा क्याम्पसका शिक्षकहरु सचिन पोखरेल, हरिसरण साह, जयकृष्ण यादव, प्रमोद पंडित, विद्यार्थीहरुको तर्फबाट काजल साह, सविता मेहता, गजेन्द्र कुमार ठाकुर, रविना राउत, शोभा विश्वकर्मा, राहुल ठाकुर, संजना मेहता, अंजना मेहता, नितु उराँव, जानकी साह, मुनिता उराँत, अरिजित सिंहले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नब आगन्तुक विद्यार्थीहरुलाई परिचय सहित फूलमाला, अबिर र मायाको चिनो प्रदान गरि स्वागत गरिएको र बिषेश सांस्कृतिक तथा साहित्यीक प्रस्तुती समेत रहेको थियो ।
आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न
इटहरी । इटहरी वडा नं. १ मा अवस्थित आदर्श टोल विकास संस्थाको आइतबार ११ औं साधारणसभा भएको छ । साधारणसभामा...










Discussion about this post