इनरुवा । नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य रामकुमारी चौधरीले देशमा जनताको पार्टी र मिसन भएको पार्टी माओवादी केन्द्र मात्र रहेको दाबी गरेका छन् । सुनसरी सदरमुकाम इनरुवामा नेकपा माओवादी केन्द्रको इनरुवा नगर कमिटिको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्नुहुदै देशको आवश्यकता नेकपा माओवादी केन्द्र र जनताको रोजाईमा पर्ने पार्टी माओवादी भएको दावी गरेको हो । उनले प्रचण्ड बीनाको सरकार र सत्ता देशमा सम्भव नभएकाले माओवादीमा प्रवेशको लहर झनै बढेको जिकिर गरेका छन् । उनले पार्टी एकिकरण भएर पुनः आफ्नै ठाउँमा आएको र नेकपा (एमाले)ले साथ छाडेपछि आफूहरु पार्टी झन शक्तिशाली भएको बताए । पूर्व कृषि राज्य मन्त्री समेत रहनुभएका चौधरीले देशमा कृषि, स्वास्थ्य र शिक्षामा परिवर्तको काम माओवादी केन्द्रले गरेकाले एमालेले साथ छाडेपनि पार्टी झन शक्तिशाली बनेको र अगामी निर्वाचनमा राम्रो मतका साथ पहिलो पार्टी बन्ने दावी गरे । यसैबीत नेकपा माओवादी केन्द इनरुवा नगर कमिटि ६१ सदस्य निर्वाचित भएको छ ।
Discussion about this post