सज्जाद आलम / लौकही । पछिल्लो सयम ट्राफिक व्यावस्थापन फितलो हुँदा सुनसरीमा सवारी दुर्घटना हुने क्रम बढेको छ ।
जिल्लामा ट्राफिक व्यावस्थापन कमजोर हुँदा सवारी चालकहरुले मनपरी सवारी चलाउने गरेको र दुर्घटनामा बृद्धि हुने गरेको हो ।
सुनसरीमा महेन्द्र राजमार्ग सबै भन्दा बढी सवारी दुर्घटना हुने राजमार्ग मध्ये एक हो ।
महेन्द्र राजमार्गमा प्रत्येक दिन कम्तिममा एक देखी ५ जना व्यक्तिको मृत्यू र १ देखी ३५ जना सवारी चालक तथा यात्रुहरु दुर्घटनामा परी अंगभंग हुने गरेको प्रदेश नं.१ को ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।
उता शनिबार कोशी गाउँपालीका ८ स्थित भण्टाबारीमा दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । पूर्व बाट पश्चिम तर्फ आउँदै गरेको को १ ख ६३७५ नम्बरको ट्रक र विपरीत दिशाबाट जादै गरेको को १ ख ४९८८ नम्बरको यात्रुबाहक बस एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सिरहा जिल्ला धनगढी जिरो माइले बस्ने वर्ष अन्दाजी ४० का जिवक्ष यादव रहेको छ भने अन्य २२ जना घाइते भएका छन् ।
भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण
इनरुवा । सुनसरीकाे भोक्राहा नरसिंह गाउँपालिकाले पालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरूमा PAMS V2 र EHMIS प्रणाली अद्यावधिक तथा प्रभावकारी रूपमा सञ्चालन गर्न...














Discussion about this post