इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तरगत रहेका ८ वटै वडाका किसानहरुलाई गहुँ बाली लगाउनका लागि ५० प्रतिशत अनुदानमा गहुँ बीउ वितरण सुरु गरिएको छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०७८-०७९ को स्वीकृत कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदानमा गहुँको उन्नत बीउ वितरण कार्यक्रम सुरु गरिएको कृषि विकास शाखाका प्रमुख रेनुका चौधरीले जानकारी दिइन् ।
कृषि सेवा शाखा प्रमुख चौधरीका अनुसार ५० प्रतिशत अनुदानमा गहुँ बीउ वितरण कार्यक्रलाई प्रभावकारी बनाउने उदेश्यले छनौटमा परेका कृषि समूह, कृषि सहकारी, कृषि फार्म मार्फत विभिन्न वडाका किसानहरुले सहजै पाउने गरी कार्यक्रम सुरु गरिएको बताइन् ।
उनले भने गाउँपालिकाले विभिन्न ८ वटा कृषि समूह, कृषि सहकारी, कृषि फार्म सँग सम्झौता गरी उन्नत जातका गहुँ बीउ वितरण कार्यक्रम सुरु गरिएको छ।
वितरण कार्यक्रममा आइतबार माँ काली कृषि फर्म भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं.१ मा ५० प्रतिशत अनुदानमा ४०” केजीको ६६ प्याकेट उन्नत जातको विजया गहुँको बीउ वितरण गरिएको हाे । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिती एंव कृषि विकास शाखा प्रमुख चौधरीले किसानहरूलाई सहज सेवा उपलब्ध गराउनका निम्ति आफू प्रतिवद्व रहेको बताइन् ।
माँ काली कृषि फर्म भोक्राहा नरसिंह गाउँपालिका वडा नं.१ की अध्यक्ष आशा कुमारी साहको अध्यक्षता तथा भोक्राहा नरसिंह गाउँपालिकाकी कृषि सेवा शाखा प्रमुख रेनुका चौधरीको प्रमुख अथितीमा ६६ जना किसानहरुलाई उन्नत जातकाे गहुँको बीउ वितरण गरिएको हाे । बीउ कृषि सामग्री लिमिटेड इटहरीबाट ल्याइएको छ ।
उन्नत विजया जातकाे ४० केजी दरको ६६ बोरा माँ काली कृषि फर्मले बितरण गरेका छन् । बीउ वितरण कार्यक्रममा भाेक्राहा नरसिंह गाउँपालिका वार्ड नं.१ का कमलानन्द मेहता, जागेशवर मेहता, श्रीनारायण मेहता, रामदास शर्मा , देवन मेहता लगायतका ६६ जना किसानहरुले अनुदानमा गहुँको बीउ पाएका छन् ।
‘किसानलाई उन्नत जातका विजया र गौतम जातको गहुँको बीउ मागका आधारमा उपलब्ध गराएका छौं, उनले भने, ‘उन्नत जातको बीउको प्रयोगले गहुँको उत्पादनमा वृद्धि हुने अपेक्षा गरेको जानकारी दिइन् ।
Discussion about this post