इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा पहिलो पटक प्रदेश स्तरीय प्रथम उपाध्यक्ष महिला खो खो प्रतियोगिता २०७८ सुरु भएको छ ।
खो खो प्रतियोगिताको उद्घाटन गर्दै भोक्राहा नरसिंह गाउँपालिकाको कार्यवाहक अध्यक्ष पुनम कुमारी मेहताले भने खेलकुदमा हामीले अगामी दिनमा सहयोग गर्दै आएपनि प्रदेश स्तरीय प्रथम उपाध्यक्ष महिला खो खो प्रतियोगिता २०७८ पहिलो पटक सुरु भएको बताइन् ।
उनले भने भोक्राहा नरसिंह गाउँपालिकामा पहिलो पटक प्रदेश स्तरीय प्रथम उपाध्यक्ष महिला खो खो प्रतियोगिता २०७८ सुरु हुनु भनेको गाउँवासीको गौरवको विषय भएको बताइन् ।
भोक्राहा नरसिंह गाउँपालिका खेलकुदमा जहिले पछि पर्दै आएपनि अबका दिनमा राष्ट्रिय स्तर सम्मको खेल यहाँ युवाहरुले खेल्ने विश्वास व्यक्त गरेकी छिन् ।
प्रतियोगिताको उद्घाटन सत्रमा सोमबार पहिलो पटकको खेलमा सुनसरी र मोरंग टिम बीच भिड्न्त भएको छ । मोरंगका खो खो टिमलाई सुनसरीका टिमले झण्डै आधि अंकले पछि पार्दै ७ का विरुद्ध १४ अंक स्कोरले पाखा लगाएको छ ।
दोश्रो पटकको खेलमा सखुवासभा १२ अंक र झापा १५ अंक ल्याएको छ भने तेश्रो खेलमा पुनः मोरंग र सुनसरी बीच खेल भएको छ मोरंग ११ र सुनसरी ८ अंक ल्याएको छ ।
उता मंगलबार पहिलो पटकको खेलमा झापा र मोरंग बीच भिड्न्त हुनेछ भने दोश्रो पटकको खेलमा सुनसरी र सखुवासभा हुनेछ ।
तेश्रो पटकको खेल फाइनल हुने आयोजकले जनाएको छ । आयोजकको जानकारी अनुसार सबै भन्दा बढी अंक ल्याउने जिल्लाको खेलाडीहरु बीच फाइनल हुने खो खो संघ सुनसरीका अध्यक्ष एंव कार्यक्रमका संयोजक कपिलदेव यादवले जानकारी दिए । ।
उता कार्यक्रमका बिशिष्ट अथिती एंव भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले उद्घाटन समारोहलाई सम्बोधन गर्दै मानव जिवनको अभिन्न अंग खेलकुदको उच्च आदर्शलाई पालना गर्दै अगाडि बढ्न आग्रह गरेका गरेका छन् ।
स्थानिय स्तरमा खो खो खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडी को पहिचान र बिकास मा टेवा पु¥याउने उदेश्यका साथ पहिलो पटक प्रदेश स्तरीय प्रथम उपाध्यक्ष महिला खो खो प्रतियोगिता २०७८ सुरु भएको बताए ।
सो प्रतियोगितामा, भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं.७ का वडाध्यक्ष रामचन्द्र यादव, जनता समाजवादी पार्टी नेपाल भोक्राहा नरसिंह गाउँ कमिटीका अध्यक्ष महेन्द्र यादव, नेकपा एमाले भोक्राहा नरसिंह गाउँ कमिटीका अध्यक्ष रामकुमार मेहता, नेपाली काग्रेँसकी नेतृ ममता कुमारी उराँव लगायतकाले आफ्ना मन्तव्य व्यक्त गरेका थिए । भने भोली मंगलबार फाइनल खेल हुने आयोजकले जानकारी दिएको छ ।
Discussion about this post