इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं.७ स्थित रहेको जनता माध्यमिक विद्यालयका शिक्षक रधुन्दन मेहता गफाडी निस्केको छ ।
उनी विद्यालयका निमावि तृतिय श्रेणीका शिक्षक हुन् । उनले कक्षामा पढाउनु भन्दा दिनभर विद्यालयका शिक्षक र विद्यार्थीहरुसँग गफ दिएर दिन बिताउने गरेको पाइएको छ ।
सोमबार जनता माध्यमिक विद्यालय भोक्राहा नरसिंह वार्ड नं.७ मा संचारकर्मीहरुको टाेलीले अनुगमन गर्ने क्रममा उनले सोही विद्यालयका निमावि तृतिय श्रेणीका शिक्षक सुरेन्द्र प्रसाद साहसँग गफ दिएर बसेका थिए ।
संचारकर्मीहरुको टोलीले अनुगमनका क्रममा उनले पढाउदैँ गरेको कक्षाकोठा प्रवेश गर्दा विद्यार्थीहरुले पढाउदैँ गरेको शिक्षकको नाम समेत भन्न सकेन् ।
यसैबाट प्रस्ट हुन्छ उनले विद्यालयमा अध्ययनरत्त विद्यार्थीहरुलाई के शिक्षा दिएको होला ।
यस्ता काम चोर शिक्षकलाई कारवाही गरी राम्रो शिक्षकको व्यवस्था गर्नुपर्ने एक विद्यार्थीले बताए ।
Discussion about this post