• pradeshpoint
  • Pradeshpoint
Sunday, May 3, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

लागूऔषध प्रकरण: दोहोरो नागरिकता लिनेलाई संरक्षण

भारतीय नागरिक राजकुमार सिंहलाई छुटाउन पुनः चलखेल

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ मंसिर २० गते, २०:२७ बजे प्रकाशित
in FEATURE, अपराध खबर, कला पाना, मुख्य पाना, स्थानीय खबर
लागूऔषध प्रकरण: दोहोरो नागरिकता लिनेलाई संरक्षण
75
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । ब्राउन सुगर मुद्दामा सुनसरी जिल्ला अदालतको निर्णय उच्च अदालत बिराटनगरले सदर गरिदिएपछि पुर्पक्षका लागि जेलमा रहेका भारतीय नागरिक राजकुमार सिंहलाई छुटाउन पुनः चलखेल भइरहेको खुलेको छ ।
भारतीय नागरिक राजकुमार सिंहलाई धरौटीमा छुटाउन बिचौलियाले गरेको प्रयास विफल भएपछि सिंह पुर्पक्षका लागि अहिले उनी जेलमा छन् ।

आर्थिक प्रलोभनसँगै राजनीतिक दबाब दिएकै कारण सिंह सम्बन्धमा किर्ते नागरकिता छानबिन अगाडि बढाइएको छैन । उनलाई छुटाउन ठुलो आर्थिक चलखेलका साथै राजनीतिक दबाबसमेत उत्तिकै रहेको श्रोतको भनाइ छ । धरानबाट ७७ ग्राम ब्राउनसुगरसहित मंसिर १९ गते पक्राउ परेका सिंहलाई जिल्ला अदालत सुनसरीबाट धरौटीमा छुटाउन सरकारी निकाय नै चलखेल गरेको समाचार बाहिरिएको थियो । उनलाई जिल्ला अदालत सुनसरीबाट श्रोतको दाबीअनुसार ठुलो आर्थिक चलखेल गरेर छुटाउन सरकारी वकिलसहित केही निजी कानुनी व्यवसायीको अथक प्रयासका बाबजुद जिल्लाअदालतले पुर्पक्षका लागि जेल पठाउने निर्णय गर्‍यो । जिल्ला सरकारी वकिल कार्यालय सुनसरी इनरुवाले अभियुक्त सिंहलाई छुटाउन प्रहरीमाथि दबाब बनाउने देखि निर्दोष फसाउनेसम्मको षड्यन्त्र गरेपनि ब्लाष्ट टाइम्समा प्रमाणसहितको समाचार प्रकाशित भएपछि उनीहरूको केहि न चलेको विशेष श्रोत बताउँछ ।

लागूऔषध मुद्दामा जेलमा रहेका राजकुमार सिंहले सप्तरीबाट किर्ते गरी नेपाली नागरिकतासमेत लिएका छन् । किर्ते गरी जिल्ला प्रशासन कार्यालय सप्तरीबाट झुठा प्रमाण पेश गर्दै नेपाली नागरिकता लिएका सिंह भारतीय भएको भारतीय प्रहरीले नै पुष्टि गरिसकेको छ । लागूऔषध मुद्दामा पक्राउ परेका सिंह भारत बिहार राज्य भीमनगर ग्रामपन्चायत वार्ड नम्बर १० का स्थायी बासिन्दा भएको समाचार प्रकाशित भएपछि उनको बारेमा जिल्ला प्रहरी कार्यालय सप्तरीले छानबिन गर्दै जाँदा भारतीय प्रहरी र भीमनगरका स्थानीयबासीले राजकुमार सिंह भारतीय हुनुका साथै उनको पुर्खौली सम्पत्तिसमेत भारतको भीमनगरमा रहेको प्रमाण फेला परेको थियो । भारतको भीमनगर ओपीमा कार्यरत सब इन्स्पेक्टर शत्रुघन प्रसाद शाहले सप्तरी प्रहरीको छानबिनका क्रममा राजकुमार सिंह भीमनगरका स्थायी बासिन्दा भएको कुरा पुष्टि भएको बताएका थिए ।

लागूऔषध मुद्दामा जेलमा रहेका भारतीय नागरिक राजकुमार सिंहलाई किर्ते नागरिकता मुद्दामा कारबाही अगाडि बढाउने भन्दै सप्तरी प्रहरीको पत्राचारअनुसार सुनसरी जिल्ला अदालतले झुम्का कारागारलाई पत्राचार गर्दै अभियुक्त सिंहलाई बयानका लागि सप्तरी पठाउन भनिएपनि राजनीतिक दबाबका कारण उनको बयान अझै भएको छैन । ब्लाष्ट टाइम्सलाई प्राप्त पत्रअनुसार जिल्ला प्रहरी कार्यालय सप्तरीको चलानी नम्बर १०११० मिति २०७८ असार १३ गते थुनामा रहेका सिंहलाई नागरिकता सम्बन्धि कसुर बयानमा कार्यका लागि जिल्ला सरकारी वकिल कार्यालयले सप्तरी पठाई पुनः झुम्का कारागार फिर्ता ल्याउन सुनसरी जिल्ला अदालतले झुम्का कारागार कार्यालयको नाममा पत्र काटेको देखिन्छ । यद्यपि सुनसरीका केही जनप्रतिनिधिमार्फत उच्च राजनीतिक दबाबका कारण सप्तरी प्रहरी मुद्दा अगाडि बढाउन नसकेको श्रोतको दाबी छ । असार १३ गते नै सुनसरी जिल्ला अदालतले नागरिकता सम्बन्धि कसुर मुद्दामा बयानका लागि पठाउन भनिएपनि अभियुक्त भनिएका सिंहको बयान नहुनुले श्रोतको दाबीमा बल पुगेको देखिन्छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीबाट साविक पकरी गाविस २ हाल महादेवा गाउँपालीका १ जन्मस्थान भएको भनी स्वर्गीय ठाकुर प्रसाद सिंहलाई नक्कली बाबु बनाई भारतीय नागरिक राजकुमार सिंहले नेपाली नागरिकता लिएकोमा उक्त स्थानका स्थानीयवासी भने सिंह थर गरेका व्यक्तिको सो क्षेत्रमा बसोबासै नरहेको बताउने गरेका छन् । सिंह भारत बिहार राज्य भीमनगर ग्रामपन्चायत वार्ड नम्बर १० का स्थायी बासिन्दा हुन भने उनको बाबु वास्तविक नाम रामबालक सिंह हो । रामबालक सिंहको मृत्यु भइसकेको छ । किर्ते गरी जिल्ला प्रशासन कार्यालय सप्तरीबाट नेपाली नागरिकता लिएका राजकुमार सिंहको नागरिकता नम्बर ०७३९३११३ रहेको छ भने जारी मिति २०४६ वैशाख १० गते हो । उनको भारतमा आधार कार्ड नम्बर ३२०८२९७२१८५६ रहेकोे छ भने बिहार राज्यको पञ्चायत आम निर्वाचन नामावलीमा नाम रहेको प्रमाणसमेत फेला परेको छ ।

झुम्का कारागारमा रहेका सिंहको लागूऔषध मुद्दामा उच्च अदालत बिराटनगरले पनि सुनसरी जिल्ला अदालतको निर्णयलाई सदर गरिदिएपछि उनी दोहोरो मुद्दा चल्ने भएपछि छुटाउन गाह्रो हुने भन्दै दोहोरो नागरिकताको मुद्दा तत्काल नचलाउन सप्तरी प्रहरीमाथि दबाब दिएको श्रोत बताउँछ । दोहोरो नागरिकता लिएका भारतीय नागरिक सिंह कोसी गाउँपालीका वडा नम्बर ८ भण्टाबारीकी तारा पौडेलका ज्वाइ हुन । पौडेल नेपाली काङ्ग्रेसकी स्थानीय नेतृत्व हुन् । सिंह आफू सप्तरी जिल्लाको तत्कालीन पकरी गाविस २ निवासी भएको दाबी गरेपनि उनको नागरिकता नै किर्ते रहेको रहस्य बाहिर आएपछि सप्तरी प्रहरीले अनुसन्धान गर्दा सिंह भारतीय नागरिक भएको र उनीसँग दोहोरो नागरिकता भएको प्रमाण फेला पारेको थियो ।

सप्तरीको पकरी गाविसबाट ठाकुरप्रसाद सिंहलाई बुवा बनाएर पक्राउ राजकुमार सिंहले नागरिकता बनाएकोमा नागरिकतामा बुवा बनेका ठाकुरप्रसाद सिंह पनि भारत बिहार राज जिरोगा ग्राम पन्चायत अन्तर्गत भरफोडी ग्राम र थाना आन्द्रामण्ड र जिल्ला मधुवनी निवासी भएको प्रमाण सप्तरी प्रहरी जुटाएको छ । ग्राम पन्चायत राज जिरोगाकी मुखिया नुतन कुमारीले नेपाली नागरिकतामा राजकुमारका बाबु बनेका ठाकुरप्रसाद भारतीय भएको भन्दै सप्तरी प्रहरीलाई पत्र लेखेकी छिन् । ग्राम पञ्चायत राज जिरोगाका मुखिया नुतन कुमारीले राजकुमारका नेपाली बुवा पनि भारतीय भएको भन्दै सप्तरी प्रहरीलाई पत्र लेखेर दिएकी छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीले सई जयप्रकाश साह नेतृत्वमा राजकुमार सिंहबारे छानबिन गर्दै आवश्यक प्रमाण जुटाउन प्रहरी टोलिलाई बीरपुर पठाएको थियो । अनुसन्धानका क्रममा सप्तरी प्रहरीले राजकुमार सिंह स्वर्गीय रामबालक सिंहका चारमध्ये कान्छो छोरा भएको र उनी भारतीय भएको प्रमाण फेला पारेको थियो । यता यसबारेमा प्रतिक्रिया लिन खोज्दा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी माधव काफ्लेले राजकुमार सिंहको विषयमा मुद्दा फार्टसँग बुझ्नुपर्ने भन्दै पन्छिन खोजे ।

Tags: पुनः चलखेलभारतीय नागरिकराजकुमार सिंहलाई छुटाउन

Related Posts

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist