इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा पहिलो पटक दुई दिवसीय खो–खो प्रतियोगिता सम्पन्न भएको छ ।
जिल्ला खो–खो संघ सुनसरीको आयोजनमा पहिलो पटक एतिहासिक खेल भोक्राहा नरसिंह गाउँपालिकाको सहयोगमा १ नं. प्रदेश स्तरीय प्रथम उपाध्यक्ष महिला खो–खो प्रतियोगिता २०७८ सम्पन्न भएको हो ।
समान्तया प्रदेश स्तरीय कुनैपनि खेलखुदमा लाखौँ रुपैयाँ खचिर्ने गरेको इतिहास सबै जनाले सुन्नु भएकै होला । सम्भव त यो नौलो कुरा पनि होइन् तर भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं.५ का स्थानीय कपिलदेव यादवले भोक्राहा नरसिंह गाउँपालिकाको ४१ हजार रुपैयाँ लगानीमा एतिहासिक खेल सम्पन्न गराउन सफल भएका छन् ।
स्थानीय कपिलदेव यादव भोक्राहा नरसिंह गाउँपालिको खेलाडी मात्रै होइन् उनी देशकै राष्ट्रिय खेलाडी मध्ये एक हुन् ।
उनले कलिलो उमेरमै जिल्ला हुदैँ प्रदेश स्तरीय विभिन्न खेलकुदमा सहभागी भई आफ्नो नाम देशमै चिनाउने खेलाडी मध्ये एक हुन् ।
उनी विभिन्न जिल्लामा आयोजना हुदैँ आएको कवडी, कुस्ती, खो–खो लगायतका राष्ट्रिय स्तरसँगै अन्तराष्ट्रिय स्तर सम्मको खेलकुद खेलेका खेलाडी हुन् ।
मंगलबार सम्पन्न भएको १ नं. प्रदेश स्तरीय प्रथम उपाध्यक्ष महिला खो–खो प्रतियोगिता २०७८ खेलाडी यादवले भोक्राहा नरसिंह गाउँपालिकामा ४१ हजारको लागनी सम्पन्न गराउन सफल भएका छन् ।
उनले १ नं. प्रदेश स्तरीय प्रथम उपाध्यक्ष महिला खो–खो प्रतियोगिता २०७८ मा १ लाख ५० हजार रकम बराबर खर्च भएपनि बाँकी नगद नभई निःशुल्क रुपमा १ लाख ९ हजार रुपैयाँ बराबरको खेलाडी व्यवस्थापन खर्च गाउँबासीहरुले सहयोग गरेको बताए ।
गाउँबासीहरुले खेलाडीको कोठा, दुध, चिया, खाजा,खाना र पानी निःशुल्क उपल्ब्ध गराएको बताए ।
उनले भने १ नं. प्रदेश स्तरीय प्रथम उपाध्यक्ष महिला खो–खो प्रतियोगिता २०७८ गर्न कम्तिममा ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरेपनि पालिकासँग रकमको अभाव भएकोले मेरो विश्वास र खेलकुदमा मैले गरेको योगदानको कारण एतिहासिक खेलकुद गराउन सफल भएको बताए ।
प्रतियोगितामा प्रदेश नं.१ को सुनसरी, मोरंग, झापा र सखुवासभा जिल्ला गरी ४ जिल्लाको खेलाडीहरुलाई बिना भत्ता सहभागी गराएको बताए ।
खेलाडीहरुलाई आयोजकको प्रथम स्थान ल्याएका मोरंगका खेलाडीहरुलाई प्रमाण पत्र, मेडल र शिल्ड दिएका छन् भने दोश्रो स्थान ल्याएका सुनसरी जिल्लाका खेलाडीहरुलाई प्रमाण पत्र र मेडल दिएका छन् । त्यसैगरी तेश्रो स्थान ल्याएका झापा जिल्लाका खेलाडीहरुलाई प्रमाणपत्र दिएको आयोजकले जानकारी दिए ।
प्रतियोगितामा सहभागी भएका सुनसरी बहेक तीन जिल्लाका खेलाडीहरुलाई यातायात खर्च आयोजकले उपल्ब्ध गराएका छन् ।
यातायात खर्च बापत मोरंग जिल्लाका कोच १ जना र खेलाडी १३ जनालाई २ हजार ८ सय, सखुवासभा जिल्लाका १ जना कोच र १२ जना खेलाडीहरुलाई ९ हजार १ सय रुपैयाँ नगद दिएका छन् ।
त्यस्तै झापा जिल्लाका १ जना कोच र १२ जना खलोडीहरुलाई ६ हजार ५ सय यातायात खर्च उपलब्ध गराएको छ भने सुनसरी जिल्लाका १ जना कोच र १२ जना खेलाडीहरुलाई प्रमाणपत्र र शिल्ड मात्र उपल्ब्ध गराएको आयोजकले जानकारी दिए ।
Discussion about this post