कैलाली / कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण रोकथामका लागि कैलालीमा जिल्ला कोभिड संकट व्यबस्थान केन्द्र (डिसीएमसी)को बैठक बसेको छ।
नेपालमा पनि ओमिक्रोनको संक्रमण देखिएपछि डिसीएमसीको बैठक बसेको जिल्ला प्रशसन कार्यालय कैलालीले जनाएको छ। कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार बैठकमा विगतका निर्णय कार्यान्वयनका विषयमा समिक्षा भएको छ।
‘धार्मिक र सांस्कृतिक महत्वका स्थानमा नित्य पूजा/पाठ, आराधना बाहेकका भेला र उत्सव गर्दा भीड नगर्न जिल्ला प्रशासन कार्यालयमार्फत सूचना जारी गर्ने निर्णय भएको छ;’ उनले भने, ‘ जनस्वास्थ्य कार्यालयसंग समन्वय गर्दै कोरोना विरुद्धको खोप लगाउन बाँकी नागरिकलाई खोप लगाउन स्थानीय तहलाइ अनुरोध गर्ने पनि निर्णय भएको छ।’
धनगढकाे त्रिनगर र टीकापुरकाे खक्रौला नाकामा स्थापना गरिएका हेल्थ डेस्कलाई थप व्यवस्थित गर्दै आवागमनमा कडाई गर्ने पनि निर्णय भएको सूचना अधिकारी जोशीले जानकारी दिए।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post