इनरुवा । सुनसरीको गढी गाउँपालिकाले बाढी पिडितलाई वितरण गरेको राहतको बिषयमा बिभिन्न माध्यममा भ्रामक र तथ्यहिन समाचार प्रकाशन भएको भन्दै गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादवले आपत्ति जनाएका छन् ।
गढी गाउँपालिका कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी गाउँपालिका अध्यक्ष यादवले प्रेस विज्ञप्ती मार्फत गाउँपालिका बिरुद्ध केही संचार माध्यममा कपोल्कल्पित समाचार प्रकाशसन भएको बताए । अध्यक्ष लगायत पदाधिकारीको व्यक्तिगत मान मर्दन गर्ने र दुरासयपुर्ण ढंगबाट समाचार सम्प्रेषण भएको विज्ञप्तीमा भनिएको छ । नेपाल सरकारको कानुन र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले निर्देश गरेको अधिकार र क्षेत्रभित्र रही जनताको भावना अनुरुप काम गरिरहँदा हुँदै नभएको विषयलाई आक्षेप लगाई मान मर्दन गरिएको प्रति गाउँपालिका अध्यक्ष यादवले कडा आपत्ति व्यक्त गरेका हुन् ।
केही दिन अघि गाउँपालिकाका अध्यक्ष लगायतले २०७४ सालमा आएको बाढीबाट पिडित बनेका बाढी पिडितहरुको राहत रकम अनियमितताको बिषय जस्ता आरोप लगाई समाचार सम्प्रेषण भएको थियो । उक्त समाचारले गाउँपालिकाका सर्वसाधरण र अन्य सरोकारवालामा समेत गलत सुचना सम्प्रेषण भएपछि विज्ञप्ती मार्फत स्पष्ट पारिएको अध्यक्ष यादवले बताए ।
गाउँपालिकाको लोकप्रिय योजनाहरु सफल हुन नदिन केही खराव मानसिक्ता भएका मानिसहरु सलबलाएको भन्दै बाढी पिडितलाई वितरण गरिएको राहत रकमको आर्थिक लेखा परिक्षण र मलेप समेत भैसकेकोले विश्वस्त हुन आम समुदायमा अपील गर्दै अध्यक्ष यादवले भ्रामक समाचारको पछि नलाग्न आम नागरिकलाई आग्रह समेत गरे ।
आधारहिन समाचार प्रकाशन भएपछि आफ्नो मानमर्दन भएको विज्ञप्तीमा लेखिएको छ । केही सञ्चारकर्मीहरुको गलत नियत र पुर्वाग्रही सोँचका कारण सिंगो जवाफदेही सञ्चारजगत नै कमजोर बनाउने प्रयास भइरहेकोमा अध्यक्ष यादवको चिन्ता छ ।
Discussion about this post