• pradeshpoint
  • Pradeshpoint
Tuesday, May 12, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

पालिकामा कार्यरत महिला कर्मचारीमाथी यौन दुर्व्यवहार

खजुरा यौन काण्डः यसरी भएको थियो

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ मंसिर २३ गते, १९:५९ बजे प्रकाशित
in FEATURE, अपराध खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
पालिकामा कार्यरत महिला कर्मचारीमाथी यौन दुर्व्यवहार
60
SHARES
Share on FacebookShare on Twitter

नेपालगन्ज / अहिले देशभर लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ । सहरमा मात्र होइन, गाउँ गाउँमा समेत शिक्षित महिलाहरुले लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत विभिन्न सचेतनामुलक कार्यक्रमहरु चलाइराखेका छन् ।

लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै बेला बाँके खजुरा गाउँपालिकामा कार्यरत एक महिला कर्मचारी भने गाउँपालिकाकै दुई उच्च तहका कर्मचारीबाट यौन दुर्व्यवहारमा परेकी छिन् । घटना गत शुक्रबार रातीको भएपनि बुधबार बिहान मात्र सार्वजनिक भएको हो ।

कैलालीको टिकापुरमा पिकनिक (वनभोज) खान गएको बेला महिला कर्मचारीमाथि दुई उच्च तहका कर्मचारीहरुले यौन दुर्व्यवहार गरेको भन्दै खजुराका युवाहरुले बुधबार गाउँपालिकाको कार्यालय घेराउ गरेपछि घटना सार्वजनिक भएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसुदन न्यौपानेले घटनाबारे प्रहरीलाई बुधबार मात्र थाहा भएको जानकारी दिए ।

महिला कर्मचारीलाई यौन दुर्व्यवहारको आरोप लाग्नेहरुमा खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र लेखा अधिकृत प्रदिप सुनार रहेका छन् । आरोपित दुबै जनालाई बुधबार नै ईलाका प्रहरी कार्यालय धनौनीले पक्राउ गरिसकेको डीएसपी न्यौपानेले बताए । ‘गाउँपालिकाबाट सुरक्षाको लागि माग आएपछि प्रहरी टोली त्यहाँ पुगेको थियो ।

के कारणले घेराउ गरिएको हो भन्नेबारे बुझ्दामात्र घटनाबारे प्रहरीले थाहा पायो’ उनले भने, ‘त्यसपछि महिला कर्मचारीसँग सम्पर्क गरेर घटनाबारे बुझेर दुबै जनालाई नियन्त्रणमा लिएका हौं ।’ प्रहरीमा पीडित महिलाले मौखिक उजुरी दिएपनि लिखित रुपमा भने उजुरी नपरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

पीडित महिलाले लिखित उजुरी ल्याउने भनेपनि उजुरी भने ल्याएर नआएको बाँके प्रहरीका प्रवक्ता डीएसपी न्यौपानेले बताए । ‘उहाँ (पीडित) लिखित उजुरी लेखाएर ल्याउँछु भनेर जानुभएको हो’ उनले मिसन टुडेसँग कुरा गर्दै भने, ‘महिला आफैं शिक्षित हुनुहुन्छ । उजुरी आएपछि अनुसन्धान अगाडि बढाउँछौं ।’

उता प्रमुख प्रशासकीय अधिकृत खराल र लेखा अधिकृत सुनारले भने आफुमाथी लागेको आरोपमा सत्यता नभएको जिकिर गरेका छन् । ‘हामीमाथी निराधार आरोप लगाइएको हो, यो आरोपमा कत्तिपनि सत्यता छैन,’ उनीहरुले भने ।

यसरी भएको थियो यौन दुर्व्यवहार

पिकनिक खान जाने पूर्व योजनाअनुसार गाउँपालिका ५१ जना कर्मचारीहरु शुक्रबार बिहान १०:११ बजेतिर खजुराबाट टिकापुरको लागि प्रस्थान गरे । टिकापुर पार्कमा पुगेर उनीहरुले दिनभर खानपिनका साथै नाचगान गरेर रमाइलो गरेका थिए । पिकनिकमा कतीपय महिला र पुरुष कर्मचारीहरुले मदिरा समेत सेवन गरेको एक कर्मचारीले मिसन टुडेलाई जानकारी दिए ।

पिकनिक खान टिकापुर पुगेका कर्मचारी शुक्रबार राती खजुरा फर्किएनन् । उनीहरुले टिकापुरमै रात बिताएका थिए । सोही क्रममा प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र लेखा अधिकृत प्रदिप सुनारले महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको बताइएको छ ।

महिला कर्मचारी बसेकै कोठामा पुगेर सुरुमा शुक्रबार राती लेखा अधिकृत सुनारले यौन दुर्व्यवहार गरेका थिए भने त्यसको केही समयपछि प्रमुख प्रशासकीय अधिकृत खरालले यौन दुर्व्यवहार गरेका हुन् । एक कर्मचारीकाअनुसार तीनै जनाले मदिरा पिएका थिए ।

‘जे गरेपनि त्यही दिनको मदिराले गर्यो मिसन टुडेको सम्पर्कमा आएका ती कर्मचारीले भने, ‘त्यहाँ त त्यस्तो केही कुरा सुनिएन यहाँ आएर मात्र यौन दुर्व्यवहार गरेको भन्ने कुरो आयो । जे भएपनि मदिराले नै गर्यो ।’

कारबाहीको माग

महिला कर्मचारीलाई यौन दुर्व्यवहार गर्ने प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतलाई कारबाहीको माग गर्दै युवाहरुले खजुरा गाउँपालिकाको कार्यालय घेराउ गरेका छन् ।

बुधबार बिहान गाउँपालिकाको कार्यालयमा पुगेका स्थानीय युवाहरुले प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र लेखा अधिकृत प्रदिप सुनारलाई कारबाहीको माग गर्दै घेराउ गरेका हुन् ।

युवाहरुको समूहले यौन दुर्व्यवहारको आरोप लागेका खराललाई कार्यकक्षमै पुगेर हातपात गर्न खोजेपछि ईलाका प्रहरी कार्यालय धनौलीबाट ठूलो संख्या प्रहरी पुगेको थियो । युवाहरुले कारबाहीको माग गर्दै गाउँपालिकाविरुद्ध चर्का नाराबाजी गरेका थिए ।

यौन दुर्व्यवहार गर्ने दुबै जनालाई जोगाउन खोजेको भन्दै युवाहरुले गाउँपालिका अध्यक्षसहितका जनप्रतिनिधिविरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले प्रमुख प्रशासकीय अधिकृत खराललाई हातपात समेत गरेका थिए । पछि प्रहरीले उनीलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय धनौलीमा लगेको थियो ।

कुटपिट घटनाको भत्र्सना

खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराललाई युवाहरुले गरेको दुव्र्यव्यवहारप्रति गाउँपालिकाका कर्मचारीहरुले भत्र्सना गरेका छन् ।

यौन दुर्व्यवहारको आरोप लागेका उनीलाई युवाहरुको समूहले बुधबार कार्यालयमै हातपातका साथै दुर्व्यवहार गरेको थियो । गाउँपालिकाका कर्मचारीहरुले बुधबार एक प्रेस विज्ञप्ती जारी गरेर कुटपिट गर्ने दोषीलाई यथाशिघ्र कडा कारबाही गर्न ध्यानआकर्षण गराएका हुन् ।

उनीहरुलाई पक्राउ गरेर कारबाहीको प्रक्रिया अगाडि नबढाए आजदेखि सम्पूर्ण वडा कार्यालयहरु, शाखा कार्यालयहरु तथा गाउँकार्यपालिकाको कार्यालयको कामकाज ठप्प पार्ने कर्मचारीहरुले चेतावनी दिएका छन् ।श्रोतःमिसनटुडे

Tags: कर्मचारीमाथी यौन दुर्व्यवहारपालिकामा कार्यरत महिला

Related Posts

आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न
FEATURE

आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २७ गते, १९:०४ बजे प्रकाशित
0

इटहरी । इटहरी वडा नं. १ मा अवस्थित आदर्श टोल विकास संस्थाको आइतबार ११ औं साधारणसभा भएको छ । साधारणसभामा...

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न

आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न

२०८३ बैशाख २७ गते, १९:०४ बजे प्रकाशित
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist