इनरुवा । सुनसरी बहुमुखी क्याम्पस इनरुवामा स्नातक चोथौ वर्षका विद्यार्थीहरुद्वारा नव आगन्तुक विद्याथीहरुलाई स्वागत गरेका छन् ।
स्नातक प्रथम वर्षका २ सय ८१ जना विद्यार्थीहरुलाई सुनसरी बहुमुखी क्याम्पस इनरुवामा स्वागत गरिएको हो ।
क्याम्पस प्रमुख इनु भट्टराइ र प्राध्यापक बन्धना मेहताले नव आगन्तुक विद्याथीहरुलाई अबिर र दोसल्ला लगाएर स्वागत गरेका छन् ।
क्याम्पसमा स्वागत कार्यक्रम ४ वर्ष पछि भएकोले सम्पुर्ण प्राध्यापक र विद्यार्थीहरुमा खुसियाली छाएको आयाेजक समितिका व्यवस्थापक एंव नेपाल विद्याथी संघ सुनसरी बहुमुखी क्याम्पस इकाइका सभापति सेराज हुसेनले जानकारी दिए ।
उनको जानकारी अनुसार क्याम्पसमा आयोजित स्वागत कार्यक्रम सफलता पुर्वक समपन्न भएको जानकारी दिए ।
विद्यार्थी स्वागत कार्यक्रम विद्यार्थीहरुको मनोवल बनाउने भएकोले विद्याथीहरुको पढ्ने इच्छाशक्ति समेत बढ्ने गरेको नेविसंघ क्याम्पस इकाई सभापति हुसेनको विश्वास छ ।
उता स्वागत कार्यक्रममा सहभागी भएका स्नातक प्रथम वर्षका विद्यार्थीहरुले आयोजक समितिलाई धन्यवाद व्यक्त गरेका छन् ।
स्वागत कार्यक्रममा नाच,गान,सायरी,कविता र नाटकको प्रस्तुति गरिएको बताइएको छ ।
कार्यक्रममा सहभागी भएका विद्यार्थीहरुले नेपाली,मैथिलि,उराँव भाषा,भोजपुरी र हिन्दी भाषामा विभिन्न प्रतिभाहरु समेत प्रस्तुत गरिएको आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा क्याम्पस प्रमुख इनु भट्टराई,प्राध्यापक संघका उपाध्यक्ष परिचय अधिकारी,प्राध्यापक कोषराज पोखरेल, लिला आचर्य, इश्वरदेव पन्डित र बन्धना मेहता सहभागी थिए भने आयोजक समितिका व्यवस्थापक सेराज हुसेन,अध्यक्ष नन्दन गुप्ता,उपाध्यक्ष प्रविन मण्डल,सचीव रोहित साह,कोषाध्यक्ष कविता चौधरी लगायत सम्पुर्ण आयोजक समिति र विद्यार्थीहरु उपस्थित रहेको थियो ।
Discussion about this post