इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय टोलीले छापा मारेको छ ।
मंगलबार भोक्राहा नरसिंह गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारी कागजात नियन्त्रणमा लिएको हो ।
पालिका अन्तरगत रहेका स्वास्थ्य शाखाका प्रमुख आलम अंसारीले स्वास्थ्य शाखा तथा जिन्सी शाखामा लाखौँ रुपैयाँ अनियमितता गरेको अख्तियारको आशंका रहेको छ ।
उनले विभिन्न शिर्षकमा अनियमिता गरेको र जिन्सीमा खरिद योजना नबनाई समान शिर्षकको बजेटलाई टुक्रे खरिदमा बढी जोड दिएको अख्तियारको दाबी छ ।
पालिका विरुद्ध विभिन्न समयमा परेको उजुरीको आधारमा अख्तियारले छापा हानेको अख्तियारको दाबी छ ।
जस मध्ये सबै भन्दा बढी उजुरी क्वारिनटाइन सञ्चालनमा परेको छ भने योजना तथा निर्माण र सेवा तथा परार्मश खरिद पनि केही उजुरी परेकाले छापा हानेको बताए ।
उता स्वास्थ्य शाखा प्रमुख अंसारीले सशर्त तर्फको विभिन्न कार्यक्रमहरुमा अनियमितता गरेसगैँ उनले जिन्सीमा पनि अनियमितता गरेको बुझिएको छ ।
उनले स्वास्थ्य तर्फको विभिन्न शिर्षकमा रकम दुरुपयोग गरेसँगै स्वास्थ्य तर्फको ५ लाख भन्दा बढी रकमको कार्यक्रममा विभिन्न शिर्षकको रकम टुक्रा टुक्रा गरी भ्रष्टाचार गरिएको र नियमित तीन वर्ष देखी कमिशनमा औषधि खरिद गरेको श्रोतको दाबी छ ।
उता स्वास्थ्य शाखा प्रमुख अंसारीले पहिलो चरणको कोरोना भाइरस नियन्त्रण गर्नेबेलामा क्वारेन्टाइन सञ्चानसगैँ खानामा अनियमितता गरेका बताइएको छ ।
त्यसैगरी स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारीमा रहेका अंसारीले नै जिन्सी शाखा प्रमुख भएर समेत काम गरेको बेला सार्वजानिक खरिदमा अनियमितता गरेको श्रोतको भनाई छ ।
केही महिना अघि उनले स्वास्थ्य तर्फको विभिन्न कार्यक्रम सगैँ जिन्सी खरिद र भुक्तानीमा अनियमितता गरेको आरोप विरुद्ध अख्तियारमा उजुरी परेको थियो । त्यसकै आधारमा छापा मारेर कागजात नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए । उनको जानकारी अनुसार २०७५/०७६, २०७६/०७७ र ०७७ /०७८ साल गरी तीन वर्षको स्वास्थ्य तर्फ पहिलो चरणको कोभिड नियन्त्रणको सम्पुर्ण कागजात, योजना तथा निर्माण २० लाख भन्दा माथी र सार्वजानिक खरिद तर्फ ५ लाख भन्दा माथीको सम्पूर्ण फाइलको छाँयाकपी अख्तियारले नियन्त्रणमा बताएको छ ।
उता भोक्राहा नरसिंह गाउँपालिकाका कागजात नियन्त्रणमा लिन र स्थलगत अनुसन्धानका लागि टंगालस्थित अख्तियारको केन्द्रीय कार्यालयबाट विशेष टोली खटिएका थिए ।
अख्तियारले गाउँपालिकाबाट भएका आर्थिक प्रशासन र खरिद प्रक्रियासँग जोडिएर कागजातहरू नियन्त्रणमा लिइएको छ । बाँकी विषय थप अनुसन्धानबाट खुल्छ,’ अख्तियार प्रवक्ता रिसालले भने, ’खासगरी खरिद र निर्माणसँग जोडिएका विषयमा अनियमितता भएको भन्ने सूचना र उजुरी परेको थियो । त्यसपछि केन्द्रबाटै विशेष टोली खटाइएको छ ।’
पालिकाले ५ लाखभन्दा माथिको खरिद र भुक्तानीमा अनियमितता गरेको उजुरी अख्तियारमा परेको थियो । पछिल्लोपटक अख्तियारको वार्षिक प्रतिवेदनमा पनि स्थानीय तहहरूविरुद्ध सबैभन्दा बढी अनियमितका उजुरी परेको उल्लेख छ ।
Discussion about this post