इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं.७ मा आगलागी पीडितहरुलाई राहत उपलब्ध गराइएको छ ।
गाउँपालकाको कार्यवाहक अध्यक्ष पुनम कुमारी मेहताले आगलागीबाट क्षति भएका पीडित परिवारहरुलाई राहत उपलब्ध गराइएको हो ।
मंगलबार स्थानीय नटाइ यादवको घरमा विद्युत सर्ट भइ आगलागी परेर ९ जनाको घरपरिवार विहिन बनेका थिए ।
घरपरिवार विहिन बनेका व्यक्तिहरुलाई तत्काल गाउँपालिकाकी कार्यवाहक अध्यक्ष मेहताले राहत उपलब्ध गराएकी छिन् ।
आगलागीमा परेर ६ जनाका घर पुर्ण रुपमा क्षति भएको थियो भने ३ जनाको घरमा आगलागीबाट बचाउँनका लागि स्थानीयहरुले तोडफोड गरेका थिए ।
आगलागीबाट पीडित बनेका नटाइ यादव, विष्णुदेव यादव, विजय यादव,भौसाइ यादव, तेजनारायण यादव, जितन यादव लगायतका ६ जना घरपरिवारका सदस्यहरुलाई गाउँपालिकाले राहत उपलब्ध गराइएको हो ।
पालिकाले आगलागीबाट पीडित बनेका परिवाहरुलाई त्रिपाल, चामल २५ केजी, दाल, पानी १ कार्टुन, खाने तेल १ केजी, भुजिया, च्युरा, भुजा, चाउचाउ लगायत खाद्यान्न सहितको राहत उपलब्ध गराइएको कार्यवाहक अध्यक्ष मेहताका स्वकीय मिथलेश यादवले जानकारी दिए ।
स्वकीय सचिव यादवका अनुसार भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं.७ मा आगलागी भएको सुन्न बित्तिकै कार्यवाहक अध्यक्ष आगलागीबाट पीडित बनेका परिवारहरुलाई सम्पर्क गरी आगलागीको अवस्थाबारे जानकारी लिएको बताए ।
उता आगलागीमा परेर करिव ३० लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।
त्यस्तै नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उपशाखाका सभापति युवराज दाहालको सक्रियतामा आगलागीबाट पीडित भएका परिवारहरुलाई राहत उपलब्ध गराइएको छ ।
Discussion about this post