विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्री नै नियुक्ति नभएका मन्त्रालयमा स्वकीय सचिव नियुक्ति सुरु गरेका छन् ।
पछिल्लो पटक राईले उद्योग, वन तथा वातावरण मन्त्रालयको प्रमुख स्वकीय सचिवमा निर्मल भण्डारी, सोही मन्त्रालयको स्वकीय सचिवमा रोहित गौतम नियुक्त भएका छन् ।
यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको प्रमुख स्वकीय सचिवमा किशन भगत र सोही मन्त्रालयको स्वकीय सचिवमा उदय यादवलाई नियुक्ति गरिएको छ । नियुक्त भएका भण्डारी अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा मोरङ जिल्लाका सचिव हुन् भने गौतम अनेरास्ववियु विराटनगर महानगरपालिकाका उपाध्यक्ष हुन् ।
भूमि व्यवस्था मन्त्रालयमा नियुक्त भएका भगत अनेरास्ववियुका केन्द्रीय सचिव हुन् भने यादव युवा संघका केन्द्रीय सदस्य हुन् । स्वकीय सचिव मन्त्रीले नियुक्त गर्ने पद हो । तर, मन्त्री नै नभएको मन्त्रालयमा धमाधम स्वकीय सचिव नियुक्त हुँदा धेरैले अनौठो मानेका छन् । ‘हामीले चिठ्ठी पत्र आदन प्रदान र अल्पकालिन व्यवस्थाका लागि स्वकीय सचिव नियुक्त गरेका हौं,’ मुख्यमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘अर्को मन्त्री नियुक्ति भएसँगै अनुकूल नभए स्वकीय सचिव फेरिन सक्छ ।’श्रोतःहाम्रोमत
Discussion about this post