इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तरगत स्वास्थ्य शाखामा सिनियर कर्मचारी हुँदाहुदैँ जुनियर कर्मचरीलाई शाखा प्रमुखको जिम्मेवारी दिएको पाएको छ ।
स्वास्थ्य समुह अन्तरगतका सिनियर कर्मचारी रमेश साह र रामाशंकर शाह हुदाँहुदैँ जुनियर कर्मचारी आलम अंसारीलाई स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी दिदाँ अहिले पालिकाको स्वास्थ्य क्षेत्रमा जनताले चाहे अनुसारको स्वास्थ्य सेवा पाउन सकेको छैन् ।
सिनियर कर्मचारी हुँदा हुँदै जुनियर कर्मचारीले स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी पाएका आलम अन्सारीले आफुखुशी विभिन्न कार्यक्रम तथा गोष्ठिमा अनियमितता गरेको प्रमाण अख्तियार दुरुपयोग अनुशान्धान आयोगले फेला पारेपछि अहिले सो कुरा बाहिरिएको हो ।
जुनियर कर्मचारीको रुपमा रहेका आलम अंसारी राजनीतिक पावरका कारण सिनियर कर्मचारीहरुलाई दबाएर स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी सम्हालेयता उनले स्वास्थ्यको विभिन्न शिर्षकको बजेटमा लाखौँ रुपैँया अनियमितता गरेको अख्तियारको आरोप रहेको छ ।
उता सिनियर कर्मचारी रुपमा रहेका वडामा रहेका स्वास्थ्य संस्थामा थन्किएर कामकाज गर्न बाध्य बनाएको स्वास्थ्य चौकी भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं.२ का प्रमुख रमेश कुमार साहको कथन रहेको छ ।
उनको भनाई अनुसार दुई वर्ष अघि बराहक्षेत्र नगरपालिका अन्तरगत रहेका प्रकाशपुर स्वास्थ्य चौकीबाट समायोजन भई भोक्राहा नरसिंह गाउँपालिकमा आएपनि आफुले पद अनुसारको हैसियत तथा ठाउँ नपाएको गुनासो गरे ।
पालिका अन्तरगतको स्वास्थ्य तर्फको कर्मचारीहरुमा सिनियर कर्मचारीलाई राजनीतिक पावरको आडमा जुनियर कर्मचारीको अधिनमा कामकाज गर्न खटाएको आरोप छ ।यसै प्रसंगमा भोक्राहा नरसिंह गाउँपालिकाको स्वास्थ्य तर्फ कार्यरक्त रहेका रमेश कुमार साह २०६३ सालमा हेल्थ अस्टिेन्ट सेवा सूरु गरेका उनको २०७० साल ४ महिना १ गते जनस्वास्थ्य निरिक्षक छैठौँ अधिकृतमा बढुवा भएका थिए भने अहिले स्वास्थ्य शाखा प्रमुख रहेका आलम अन्सारीले २०५३ सालमा अहेबबाट सेवा सुरु गरि क्षेत्रिय स्वास्थ्य निर्देशनालय धनकुटाको आन्तरिक बढुवामा परी २०७२ सालमा हेल्थ असिस्टेन्ट बनेका थिए भने २०७३ सालमा जनस्वास्थ्य निरिक्षक छैठौँ अधिकृतमा बढुवा भए । यसरी हेर्दा दुई जना मध्ये रमेश कुमार साह सिनियर देखिन्छ तर राजनीतिक पहुँच आधारमा जुनियर कर्मचारी आलम अन्सारीलाई स्वास्थ्य शाखा प्रमुख जिम्मेवारी तोक्नुमा स्वास्थ्य क्षेत्रमा देखिएको अनियमिततामा मिलोमतोको आशंका समेत गरिएको छ ।
Discussion about this post