इनरुवा । सुनसरीको दुहबी नगरपालिका वडा नं. ४ का अन्दाजी ५८ वर्षीय उद्धवप्रसाद खतिवडाको मृत्यु भएको छ ।
प्रदेश नं.२ स्थित राजविराज कारागार, सप्तरीमा पुर्पक्षका लागि थुनामा रहेका खतिवडाको उपचारका क्रममा मृत्यु भएको हो ।
पेट दुखेपछि खतिवडालाई उपचारका लागि निजी क्लिनिक लगिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि गजेन्द्रनारायण सिंह अस्पतालको इमरजेन्सी वार्डमा भर्ना गरिएपनि उपचारका क्रममै उनको अस्पतालमा मृत्यु भएको बताइएको हो ।
उता गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सकले हृदयघातबाट खतिवडाको मृत्यु भएको बताएको जेलर सुमन कोइरालाले बताए । खतिवडाको शव अहिले अस्पतालमै राखिएको छ ।
मृतक खतिवडा कागजात किर्ते गरी ठगी सम्बन्धी मुद्दामा २०७५ साउन १७ गतेदेखि पुर्पक्षका लागि थुनामा थिए ।
Discussion about this post