इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा पहिलो पटक २० जनालाई बास दिने गरी स्तरीय होटल संचालनमा आएको छ । गाउँपालिका भएपछि पहिलो पटक स्थानीय युवा व्यवसायी अनवर हुसेनले होटल स्टार संचालनमा ल्याउएको हो । शुक्रबार दिउँसो कोशी गाउँपालिका अध्यक्ष तथा नेपाली काग्रेंस सुनसरी क्षेत्र नम्बर ४ का क्षेत्रिय सभापती ऐयुव अंसारीले होटल स्टारको उद्घाटन गरेकाे छ । स्थानीयबासी तथा भोक्राहा नरसिंह गाउँपालिका २ का वडा अध्यक्ष आलम अंसारीको तीन तल्ले २४ कोठे भवनमा होटेल स्टान उद्घाटन भएसगैं संचालनमा आएको छ । होटल स्टार उद्घाटन कार्यक्रम जनता समाजवादी पार्टीका नेता डा. खालिन हुसेन, नेपाली काग्रेंसका नेता इसराईल मंसुरी सहितका सरोकारबालाहरुले गाउँमा होटल संचालनमा आएकामा खुसी व्यक्त गर्दै कोशी टप्पु , चतरा, बराहक्षेत्र , रामधुनी लगायतका पर्यटकीय क्षेत्रमा आउने पर्यटकका लागि समेत होटल सहज भएको बताएका छन् ।
चिरौली चौक नजिकै करोड रुपैयाँको लगानीमा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको स्थानीय व्यवसायी अनवर हुसेनले जानकारी दिए । भोक्राहा क्षेत्रमा सुविधा सम्पन्न होटल नहुँदा यस क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बन्न नसकेको अवस्थालाई मध्यनजर गर्दै अंसारीले होटल सञ्चालनमा ल्याउनुभएको हो । कोशी टप्पु र रामधुनी पर्यटकीय क्षेत्रको प्रचारप्रसारका साथै आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यका साथ होटल सञ्चालनमा ल्याएको हुसेनको भनाइ छ ।
विगतमा कोशी टप्पु वन्य जन्तु आरक्ष, रामधुनी बराहक्षेत्रमा आएका पर्यटक सुविधा सम्पन्न होटल नभएकै कारण विराटनगर, इटहरी, धरान, इनरुवा लगायतका हाेटलमा खाना, खाना र कार्यक्रम गर्न धाउनुपर्ने बाध्यता रहेको थियाे ।
Discussion about this post