• pradeshpoint
  • Pradeshpoint
Tuesday, April 21, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

कृषीजन्य उत्पादनमा आत्मनिर्भरताः आजको मुख्य आवश्यकता

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ पुस ४ गते, १६:१० बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
कृषीजन्य उत्पादनमा आत्मनिर्भरताः आजको मुख्य आवश्यकता
3.7k
SHARES
Share on FacebookShare on Twitter

हाम्रो देश नेपाल एशिया महादेशका दुइ ठुला देशहरू भारत र चीनको वीचमा पर्दछ । यी दुइ ठुला देशहरू खाद्यान्न, लताकपडा, इन्धन, विजुली लगायतका सवै वस्तु तथा सेवाहरूमा आत्मनिर्भर छन् तर हामी नेपाली हरेक वस्तु तथा सेवाको लागि यी दुइ ठुला देशहरू सहित अन्य देशहरूमा निर्भर रहनु परेको छ । हाम्रो नेपालमा खाद्यान्न, दलहन, खानेतेल, तरकारी लगायतका सामग्रीहरु पनि विदेशवाटै निर्यात भै रहेको अवस्था छ ।
नेपालको कुल क्षेत्रफलको २८ प्रतिशत भुभाग कृषी योग्य जमिनले ढाकिएको छ । कुल जनसंख्या ६०.०४ प्रतिशत मानिसहरु कृषी पेशामा संलग्न रहेका छन् । जीडिपी मा कृषी क्षेत्रको योगदान २७ प्रतिशत रहेको छ । यसका अलावा दैनिक करिव १५ सय जना मानिसहरू विभिन्न रोजगारीको लागि विदेश पलायन भै रहेको अवस्था छ ।
पहिला हामी धेरै कुरामा आत्म निर्भर थियौं । आफ्नै खेतबारीको उत्पादनले हामी दैनिक गुजारा टार्र्थ्यौ । अहिले समय वदलिएको छ । हाम्रो भान्सामा प्रयोग हुने चामल, दाल, तरकारी, तेल, मसाल, घीउ, मासु, माछा लगायतका वस्तुहरू मध्ये अधिकांश वस्तुहरू विदेशवाट आयात गरिन्छ ।
केही वर्षदेखि भारतले निर्वाध रुपमा नेपाललाई तरकारी निर्यात गरिरहेको थियो, हामी सस्तोमा तरकारी किनेर खान पाउथ्यौ, अहिले भारतले निर्यातमा कटौती÷शुन्य पार्यो तरकारी किनेर खाइसक्नु छैन, त्यसैले घरघरमा करेसाबारी लगाउनुको साथै तरकारीमा आत्मनिर्भर वन्न जरूरी छ ।
केही वर्षदेखि विभिन्न मुलुकले सहज रूपमा रसयानिक मल नेपाललाई निर्यात गरिरह्यो हामी नेपाली कम्पोस्ट मल, जैविक मललाई विर्सिदै रसायनिक मल प्रयोग तिर लाग्यो आज भोली निर्यात घटायो÷रोकियो मल नपाएर किसान चिन्तित छन । कतिपय ठाउँमा आन्दोलन नै शुरू भएको अवस्था छ । त्यसैले आफ्नै घरमा उत्पादन गर्न सकिने कम्पोस्ट मल÷जैविक मलमा आत्मनिर्भर वन्न पर्छ ।
“नेपाल कृषी प्रधान देश हो“ भन्ने वाक्य अहिले “नेपाल रेमिटेन्स प्रधान देश हो“ भन्ने वाक्यमा रूपान्तरण हुने स्थिति सिर्जना भै रहेको वेला नेपाललाई कृषी प्रधान देश वनाई राख्नकै लागि सवै सरोकारवालाहरूले निम्न भुमिका निर्वाह गर्न अति आवश्यक भै सकेको छ ।
सरकार (संघीय, प्रदेश, स्थानीय)
–दैनिक उपभोग्य वस्तुहरू अन्तर्गतको कृषी सामाग्रीहरू चामल, दलहन, पिठो, तेल, चिनी, मसला, तरकारी, माछा, मासु लगायतमा आत्मनिर्भर हुने, यी र यस्ता वस्तुहरूको विदेशवाट आयातमा कटौती गर्ने नीति लिने

– किसानहरुको तथ्यांक संकलन गरी निजहरूको जीविकोपार्जनको ग्यारेन्टी गर्ने, अन्य क्षेत्रमा किसानलाई पलायन हुन नदिने नीति लिने जस्तैः किसान कार्ड जारी गरी विभिन्न सहुलियत प्रदान गर्ने (दैनिक उपभोग्य सामग्री खरिद, वालवच्चाको शिक्षा, स्वास्थ्य उपचार लगायतमा, प्राकृतिक प्रकोप पीडित किसानलाई राहत दिने आदि
–सवै वास्तविक (अर्जिनल) किसानहरुको तथ्यांक संकलन गरी राज्य उपलव्ध गराउने, सेवा सुविधा सहुलियत अनुदान सवै अर्जिनल किसान सम्म कृषी समूह सहकारी मार्फत पुर्याउने, कसैलाई काखापाखा नगर्ने
–अर्जिनल किसानको तथ्यांक अनुसार कृषी क्षेत्रमा वजेट लगानी गर्ने, उक्त वजेट विचौलियाले वजेट उडाउने व्यवस्था निषेध गर्ने, किसानको लागि छुट्याएको वजेट किसानसम्म पुर्याउने व्यवस्था मिलाउने
–वित्तिय संस्थाहरूलाई अर्जिनल किसानहरूलाई सहुलियत दरमा ऋृण उपलव्ध गराउने व्यवस्था मिलाउने
–किटनाशक औषधी र रसायनिक मल आयातमा नियन्त्रण गर्ने
–किटनाशक औषधी र रसायनिक मलको विकल्पको खोजी गरी कम्पोस्ट मल, जैविक मल उत्पादनमा जोड दिने
–कृषी उत्पादन बढोत्तरी, संकलन, विक्री, वितरणको ग्यारेन्टी गर्ने
–ठाउँ ठाउँमा कृषी उपज संकलन केन्द्र, चिस्यान केन्द्र, विक्री वितरण केन्द्र, ढुवानी लगायतको व्यवस्था मिलाउने ।
–सुधारिएको विधि पद्धति अवलम्बन गरी पशुपालन व्यवसाय गर्ने गराउने व्यवस्था मिलाउने (प्रत्येक स्थानीय तहमा पशु सेवा अस्पताल, उन्नत जातको पशु, सूधारिएको गोठ, पशुलाई खुवाउने खाद्यसामग्रीको सुनिश्चितता लगायत)
– स्थानीय युवा, महिला दिदिवहिनी, किसानलाई लक्षित गरी हरेक टोलमा कृषी सहकारी, कृषी समूह गठन गर्न लगाउने, (कुनै पनि टोल कुनै पनि किसान नछुट्ने गरी ।
– कृषी समूह सहकारीका सदस्यहरूलाई कुन समयमा कुन वाली लगाउने, उत्पादन कसरी वढ्छ, घरमै मल पौष्टिक तत्व कसरी वनाउन सकिन्छ, सिंचाई कसरी गर्ने लगायतको विषयमा तालिम दिने

– कृषी सामाग्रीहरू प्लाष्टिक टनेल, कृषी औजार, वीउ, वीजनमा अनुदान उपलव्ध गराउने
– उक्त कृषी सहकारी, समूह मार्फत नै कृषिजन्य उत्पादन, निकासी, पैठारी, विक्री, वितरण गर्ने र विचौलिया प्रवृत्तिको अनत्य गर्ने, सरकारी कम्पनीले कृषी उत्पादन खरिद विक्री गर्ने (पेट्रोल, डिजेल, दुध जस्तै)
राजनीतिक दल
– हरेक राजनीतिक दलको menifisto, कार्यशैली र व्यहवारमा माथी उल्लेखित सवै कुराहरू उल्लेख हुनुपर्छ किसानको उत्थान भएर कृषी उत्पादनमा आत्मनिर्भर नभइ देश समृद्धि वन्न सक्दैन ।
जनता
– सरकारी नीति योजना कार्यक्रम कार्यन्वयनमा सहयोग गर्ने
– सरकारले लिएको कार्यक्रम अनुसार कृषी समूह सहकारीमा आवद्ध भई अनुदान मार्फत कृषी सामाग्री औजार प्राप्त गरी विभिन्न तालिममा सहभागी भइ कृषी उत्पादनमा जोड दिने

संचार क्षेत्र

– काउली वेचेर एक करोड आम्दानी, दुध वेचेरै तीनतले घर वनाए, अकवरेको आम्दानीले काठमाडौंमा घर, किसानहरूलाई स्थानीय सरकारले दियो करेसाबारी सम्वन्धी तालिम, वाख्रा पालनवाट मनग्य आम्दानी लगायतको समाचारलाई प्रथमिकता दिने
अन्य सरोकारवालाहरूः
–आफ्नै देशको उत्पादन खरिद गरी विदेशी उत्पादन प्रयोगमा न्युनिकरण गर्ने ।
–सरकारी नीति कार्यक्रम कार्यान्वयनमा सहयोग गर्ने लगायत यसरी कृषी उत्पादनमा आत्मनिर्भर हुने स्पष्ट नीति सरकारले अवलम्बन गरी सोही अनुसारको वजेट तथा कार्यक्रम तर्जुमा, कार्यन्वयन भएको अवस्थामा क्रमिक ढंगले कृषिजन्य सामाग्री उत्पादनको बढोत्तरी भइ किसानहरुको आर्थिक अवस्था मजवुत हुदैजानुको साथै वेरोजगारी समस्या पनि न्युनीकरण हुने र वैदेशिक रोजगारीमा जाने युवाहरुको संख्यामा कटौती हुने निश्चित छ । यसवाट नेपाल कृषी जन्य उत्पादनमा आत्मनिर्भर भइ प्राकृतिक सम्पदाहरूको संरक्षण हुनुको साथै जलवायु परिवर्तनबाट हुने असरहरूको न्यूनीकरणमा समेत टेवा पुग्ने देखिन्छ ।
– यस लेखका लेखक बाबुनन्दन मेहता रामप्रसादराई गाउँपालिका भोजपुरमा प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत रहेका छन ।

Tags: आजको मुख्य आवश्यकताआत्मनिर्भरताःउत्पादनमाकृषीजन्य

Related Posts

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान
FEATURE

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
0

इनरुवा । सुनसरी जिल्लामा यस वर्ष गहुँ उत्पादनमा कमी आउने संकेत देखिएको छ। खेती सुरु हुने समयमा पर्याप्त वर्षा नहुनु र...

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा
FEATURE

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
0

काठमाडौं । पछिल्लो समय नेपालमा सम्बन्धविच्छेदका मुद्दा तीव्र रूपमा बढ्दै गएका छन्। सामान्य पारिवारिक मतभेददेखि वैदेशिक रोजगारी, आर्थिक दबाब, सामाजिक...

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist