• pradeshpoint
  • Pradeshpoint
Wednesday, May 6, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

महालेखाले स्थानीय तहमा औँल्याएका बेरुजुमाथि जनप्रतिनिधिको असन्तुष्टि

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ पुस ४ गते, १७:१० बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, कला, कला पाना, पालिका खबर, भ्रष्टाचार, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
महालेखाले स्थानीय तहमा औँल्याएका बेरुजुमाथि जनप्रतिनिधिको असन्तुष्टि
42
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं– महालेखापरीक्षकको कार्यालयले स्थानीय तहमा औँल्याएका बेरुजुमाथि स्थानीय तहका जनप्रतिनिधिले व्यावहारिक परीक्षण नभएको भन्दै गुनासो गरेका छन् । महालेखाको परीक्षणमा विभिन्न त्रुटि रहेकाले धेरै बेरुजु देखिएको उनीहरूको बुझाइ छन् । सामुदायिक सारथि नामक संस्थाले सञ्चालन गरेको अन्तरक्रियामा जनप्रतिनिधिले यस्तो बताएका हुन् ।

गाउँपालिका राष्ट्रिय महासंघका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलले खर्च गर्ने पदाधिकारीको सरुवा भइसक्ने तर लेखापरीक्षण गर्ने समय अर्को पदाधिकारी आउने र उसले जिम्मेवारी नलिँदा बेरुजु बढेको बताए । यस्तै, आर्थिक वर्षको अन्त्यमा संघ र प्रदेशबाट बजेट निकासा गर्दा खर्च गर्न दबाब पर्दा बेरुजु बढेको उनको भनाइ छ । लेखापरीक्षणलाई व्यवस्थित गरिनुपर्ने उनको सुझाव छ ।

‘स्थानीय तहमा देखिएका बेरुजु व्यावहारिक हिसाबले हेर्दा त्यस्तो देखिँदैन,’ उनले भने, ‘एउटै प्रकृतिका खर्चमा एउटा टोलीले परीक्षण गर्दा बेरुजु कायम हुने तर अर्को टोलीले गर्दा नहुनेजस्तो दोहोरो मापदण्ड छ । त्यसैले लेखापरीक्षण कार्यलाई व्यवस्थित गरिनुपर्छ ।’

उनका अनुसार महालेखाले प्रतिवेदन कपी एन्ड पेस्ट हुने गरेकाले एउटा पालिकाको प्रतिवेदनमा अर्कै पालिकाका बेरुजु पर्ने गरेको छ । कपी एन्ड पेस्टको प्रभावले बजेट विनियोजन नगरिएको र खर्च नै नभएका शीर्षकमा पनि बेरुजु देखिएको उनको दाबी छ ।

आफ्नो अधिकारक्षेत्रभित्र सभाले कानुन बनाएर कार्यान्वयन गरिएका विषय पनि मलेपले बेरुजु कायम गरेकाले व्यावहारिक नभएको उनले बताए । ‘स्थानीय सभाले बनाएका क्षेत्राधिकारभित्र रहेर बनाएका कानुनलाई मान्यता दिइएको छैन,’ उनले भने, ‘त्यसले पनि व्यावहारिक भएको छैन ।’

लेखा परीक्षण गर्नुपूर्व र सम्पन्न पश्चातमा जिम्मेवार जनप्रतिनिधिसँग लेखा परीक्षण गर्ने टोलीले छलफल गर्नुपर्ने उनको भनाइ छ । यस्तै, छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले पनि महालेखाको प्रतिवेदन व्यावहारिक नभएको उनले बताए ।

महालेखाका कर्मचारीले बेरुजु नदेखाउन पैसासमेत माग्ने गरेको उनको आरोप छ । उनले भने, ‘परीक्षण गर्न फिल्डमा गएका कर्मचारीले पैसा लिएर काम गर्ने गरेका छन् । यसलाई रोक्नुपर्छ ।’ उनले गाउँपालिकामै र्नुपर्नेमा कतिपय पालिकाको परीक्षण सदरमुकममै आएर गराउनुपरेको बताए । यस्तै, पालिकाहरूको व्यावहारिक पक्ष एउटा भएको र महालेखाको नियम अर्को भएकाले समस्या देखिएको उनीहरूको भनाइ छ ।

‘हाम्रो व्यावहारिक पक्षलाई बुझिदिनुपर्‍यो,’ उनले भने, ‘व्यावहारिक पक्ष एउटा छ, कानुन अर्को छ । यसलाई सच्याउनुपर्‍यो ।’ उनले पालिका सर्वसाधारणको निगरानीमा भएकाले भ्रष्टचार हुन नपाउने दाबी गरे ।

बागमती प्रदेश लेखापरीक्षण महानिर्देशनालयका नायब महालेखा परीक्षक त्रिलोचन आचार्यले लेखापरीक्षण भनेको कानुनको आधारमा रहेर भएका कमजोरी औँल्याउने पद्धति रहेको बताए । कानुनी आधारबिना परीक्षण गर्न नपाइले उनले बताए । ‘लेखापरीक्षण कानुनी आधारबिना गरिँदैन’, उनले भने, ‘यसको आधार स्थानीय कानुन पनि हो । यसलाई पनि हेरिन्छ । कानुनी आधार नभई बेरुजु लेखिँदैन । प्रमाण भए ३५ दिनभित्र जवाफ लेख्न सुविधा दिएको हुन्छ ।’

उनले मुख्यगरी धेरै बेरुजु कागजात पेस नभएकाले हुने गरेको बताए । यसबाहेक अनियमितता, पेस्की र असुल गर्नुपर्ने कुराले बेरुजु बढाउने उनको भनाइ छ । आचार्यले टुक्रे योजना धेरै भएकाले यस्तो योजना घटाउनुपर्ने भन्दा पालिका अध्यक्ष पोख्रेलले धारा जडान गर्न ५० हजार छुटाइएको भए अब त्यसलाई ५० लाख छुट्याउन अफ्ठेरो हुने भन्दै प्रतिप्रश्न गरेका थिए । अध्यक्ष पोख्रेलले गाउँपालिकाको व्यावहारिक पक्ष बुझ्ने गरी परीक्षण गर्नुपर्ने माग राखे । कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी, विभिन्न संघ–संस्थाका प्रतिनिधि सहभागी थिए ।श्रोतः पालिका खबरदाता

Tags: जनप्रतिनिधिबेरुजुमाथिमहालेखास्थानीय तह

Related Posts

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist