इनरुवा । सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका अधिकाँश सामुदायिक विद्यालयहरुको शिक्षण सिकाई तथा पठनपाठनको अवस्था नाजुक बन्दै गएको छ ।
स्थानीय सरकारको उदासिनताले सामुदायिक विद्यालयहरुको अवस्था नाजुक बन्दै जान थालेको हो । विद्यालयमा राजनिति हावी, हचुवाको भरमा विद्यालय संचालन गर्ने, शिक्षक नियमित उपस्थिती नहुन लगायतका कारण पछिल्लो समय शैक्षिक अवस्था नाजकु बन्दै टाउको दुखाइ बन्न थालेका छन् ।
सामुदायिक बिद्यालयको पठन पाठन प्रभावकारी रुपमा संचालन हुन नसक्दा अधिकांश प्राथमिक तहका विद्यालयमा विद्यार्थीको संख्या कम हुँदै गएका छन् ।
सुनसरीका अधिकाँश प्राथमिक तहका विद्यालयहरुमा बीस–२५ जना विद्यार्थी पनि छैनन् ।
ग्रामिण क्षेत्रमा बसाईंसराईं र शहरी क्षेत्रमा बोर्डिङ स्कूलका कारण पनि सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या कम हुँदै गएको जानकारहरु बताउँछन् । ग्रामिण भेगमा अधिकांश प्राथमिक विद्यालयमा विद्यार्थीको संख्या कम रहेको र शिक्षक कर्मचारीको लार्पावाही पनि उत्तिकै रहेको स्थानीय अभिभावकहरुको गुनासो छ ।
विद्यालय प्रशासन र व्यवस्थापन समितिले आफ्नो ठाउँ मात्रै खोज्ने तर विद्यार्थीको संख्या र गुणस्तर बढाउन तर्फ ध्यान नदिएका कारण पनि अभिभावकको पनि सामुदायिक विद्यालयमा विश्वास गुम्दै गएको छ ।
सामुदायिक विद्यालयको शैक्षिक स्थितिलाई माथि उठाउन स्थानीय सरकारले चासो नदिदाँ यस्तो अवस्था सृजना भएको हो ।
Discussion about this post